महेन्द्रनगर–कञ्चनपुरको कृष्णपुर नगरकाका मेयर हेमराज ओझाले घाइते चित्तलको बच्चालाई उद्धार गरी उपचार गर्न राम्रो नियत राखेर पालिएको बताए । शनिबार पत्रकार सम्मेलन गरी अबैधरुपमा पालिएको चित्तलको विषयमा नगर प्रमुख ओझाले नियत सफा राखेर पालिएको र यस विषयमा पुर्व डिएफो कडेल र बर्तमान डिएफो यादबलाई यस विसयमा जानकारी गराएको पनि बताए।

निगाली स्वास्थ्य चौकीमा भवन बनाउन लागि अनुदान आएको र त्यहा सालको रुख बिपतका दृष्टिकोणले नोक्सान गर्न सक्ने भएकोले रुख ब्यवस्थापनका लागि डिएफोसंग छलफलको क्रममा डिएफोलाई चित्तलको बारेमा जानकारी दिएको मेयर ओझाले बताय। आफुलाई चित्तल पाल्ने सोच र शोक भएको भए मजाले आफ्नै जमिनमा खोर बनाएर पाल्ने तर कुरा त्यसो नभएको उनले बताए ।
‘म पाल्ने भा भए मेरो घरबाटै नजिक चाही वडा नं. ७ हो म सौखिन भा भए मेरै दश विगा जग्गा छ राम्रो खोर बनाएर पाल्ने थिए,’ नगर प्रमुख ओझाले भने, ‘यसरी चाही खोरसोर बनाएर पाल्ने थिए आठ बजे बाहिर हिड्ने मान्छेलाई समयको ठेगान हुदैन् खासमा चित्तलको उद्धार गर्नलाई चाहि त्यो चित्तल लगेका हौ, कानुनि प्रक्रिया त डिएफोसंग गरेका छौ । मानबिय हिसाबले चित्तल उद्धार गरेको कुरालाई कानुनको हवाला दिएर बद्नाम गर्न खोजिएको मेयर ओझाले बताय ।
मेयर ओझाले कामका दौरानमा देखिएमा समान्य त्रृटीलाई लिएर केही मान्छेहरुलाई मुद्दा बनाईरहेको बताउँदै विकास निर्माणमा अघि बढिरहेको बताए ।
कृष्णपुर नगर पालिकाको बिरुद्धमा परिचालित गिरोहले नगर पालिकाको हरेक काममा अख्तियारमा मुद्धा हालेर हतोत्साहित गरिरहेको मेयर ओझाले बताय ।
बिपत सामग्री ब्यवस्थापन लगायत अन्य कामका लागि भ्याट बाहेक ६ लाख २ हजार रुपैयामा बनाइएको टहरालाई चित्तल पाल्न ९ लाखको खोर बनाएको भनी अफवाह फैलाइएको पनि मेयर ओझाले बताए ।
मेयर ओझाले नगर अस्पताल, पुतली बजारको कल्र्भट, कर्मचारी जनप्रतिनिधीलाई ईन्धन सुविधा अधिल्लो सरकारकै पालादेखि भएकाले अब व्यवस्थित गर्दै जाने बताए । सामुदायिक विद्यालय सुधार देखिका पूर्वाधार विकास कार्यक्रम अघि बढाएको मेयर ओझाले बताए । मेयर ओझाले नगर सुधारका कार्यक्रम संचालनमा जोडदिए ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।