कञ्चनपुर, २० साउन कञ्चनपुरको बेलौरी नगरपालिकामा ऐलानी जमिन नापजाँच गरिएको छ । बेलौरी नगरपालिका दुई वडामा एकसाथ ऐलानी जमिन नापजाँच शुरु गरिएको हो । बेलौरी नगरका मेयर पोतिलाल चौधरीले मंगलबारदेखि ३ र ५ नम्बर वडाको ऐलानी जमिन नापजाँच शुरु गरिएको बताए ।

मेयर चौधरीले बषौँदेखि जमिनको स्वामित्व नभएका किसानलाई लालपुर्जा दिलाईने बताए । ‘जनतालाई जमिनको मालिक बनाउने काम शुरु भएको छ, ‘उनले भने, ‘अहिले दुई वडाबाट शुरुवात गरिएको नापजाँच बाँकी वडाहरुमा समेत क्रमिक रुपमा गछौँ ।’
भुमि समस्या समाधान आयोग कञ्चनपुरका सदस्य दिल बहादुर देउवाले आयोग मार्फत बेलौरीका दुई वडाहरुमा शुरुवात गरिएको नापजाँच अन्य पालिकाहरुमा समेत भईरहेको बताए । सदस्य देउवाले छुटफुटलाई समेत समावेस गरिने बताए ।
बेलौरी नगरका उपमेयर जोगराज चौधरीले नापजाँच शुरुवात गरिएसंगै जनतामा जमिनको मालिक बनाउने आशा पलाएको बताए । भुमि समस्या समाधान आयोग कञ्चनपुरका सदस्य सचिव दिवैराज भट्टले लालपुर्जाको कामकाज निरन्तर अघि बढने बढाउनुपर्ने बताए ।
भुमि समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रकास पन्तले जिल्लाभरी नापजाँच शुरुवात गरिएको बताए । अध्यक्ष पन्तले यस अघि केही वडा, पालिकाहरुमा लालपुर्जा वितरण गरिएको बताए । बेलौरीमा साढे पाँच हजार भन्दा बढि ५ हजार ५ सय ३१ किसानले फारम भरेका थिए । बेलौरीमा नापजाँच शुरु भएपछि भुमिहिन, सुकुमबासी र अव्यवस्थित बसोबासी उत्साहित भएका छन ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।