Advertisement

सामुदायिक वन समन्वय समितिको २१औँ बार्षिक साधारण सभा सम्पन्न

Advertisement

कञ्चनपुर – सामुदायिक वन समन्वय समिति (सिएफसीसी)को २१ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । ‘वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार, समावेशी, सुशासन र हरित अर्थतन्त्र सम्बृद्धिको आधार’ भन्ने मुल नाराका साथ सामुदायिक वन समन्वय समिति(सिएफसीसी)को बार्षिक साधारण सभा सम्पन्न भएको हो । आइतबार कृष्णपुर नगरपालिका ६ सिहपुर सामुदायिक वनमा आयोजित बार्षिक साधारण सभामा सामुदायिक वन समन्वय समिति९सिएफसीसी०का अध्यक्ष महेश दत्त जोशीले पर्यावरण, बन्यजन्तुको सरक्षण, उपभोक्ताको हक अधिकार, सामुदायिक वनको सुशासनदेखिका लालझाडी मोहना जैविक मार्ग क्षेत्रमा सरक्षणका विविध पक्षमा कामकाज गर्दै आएको बताए ।

 

गत आर्थिक बर्ष ०८१/०८२ मा थुप्रै सरक्षणका योजना सम्पन्न गरिएको बताउँदै अध्यक्ष जोशीले तराई भूपरिधी९ताल० लगायतका सरकारी, गैर सरकारी संघ,संस्था, सामुदायिक वन, स्थानीय सरकार सबै क्षेत्रसंगको समन्वयमा सरक्षणका कार्यक्रम संचालन गरिएको बताए । वन हेरालुहरुलाई तालिमदेखि भकारो सुधार, जैविक तटबन्ध, प्राविधिक सहयोग, विद्यार्थीलाई सरक्षण शिक्षा, मानव बन्यजन्तुविचको द्वन्द्व न्यूनिकरण गोष्ठी, उपभोक्ताहरुलाई आत्मनिर्भरका लागि आर्थिक, भौतिक सहयोग, तारबार, डेरी निर्माण, होमेष्टे, सुधारिएको खोर निर्माण गरिएका छन । संचालित कार्यक्रमबाट सिस्ने क्षेत्रमा जैविक विविधता बृद्धि विकासदेखि पर्यटकीय गन्तव्यको शुरुवात, स्थानीय स्तरमा रोजगारी, चोरी तस्करी नियन्त्रण, भुक्षय नियन्त्रण, सरक्षण भएका छन ।

छाडा पशुचौयापादेखि मानवबन्यजन्तुविचकोद्वन्द्वले सरक्षणमा चुनौती थपिदिएको बताए । आगामी आर्थिक बर्ष ०८२/०८२मा बधुवा पशुपालनदेखि वैकल्पिक खेतीका कार्यक्रम सचालन गरिनेछन । सामुदायिक वन उपभोक्ता महासंघ कञ्चनपुरका अध्यक्ष शिवदत्त पन्तले सिएफसिसीले जिल्लाको शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी, लालझाडी क्षेत्रका सामुदायिक वनमा सुशासनका कार्यक्रम संचालन भईरहेको बताए । कार्यक्रममा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरले सामुदायिक वन समन्वय समिति(सिएफसिसी)ले सरक्षणका क्षेत्रमा गर्दै आएको कार्यक्रमको प्रसंसा गर्दै आगामी दिनमा थप कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा जोडदिएका छन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दिर्घ नारायण कोईरालाले सरकार र निजी क्षेत्रविच समन्वय अनुरुप कार्यक्रम संचालन गर्नुपर्नेमा जोडदिएका छन । सामुदायिक वन समन्वय समिति ९सिएफसीसी०का उपाध्यक्ष नरेश भट्टले संचालन गरेको कार्यक्रममा सरक्षणकर्मी सहित सरकारी गैर सरकारी विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो ।

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले मानसिक अवस्था कमजोर भएका दुई जना महिलाको उद्धार गरेकी छन्...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गर्दै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गर्दै

कञ्चनपुर महेन्द्रनगर–खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गरीरहेको छ । खाद्य व्यवस्थ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज