शंकर दत्त अवस्थी, महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश बैतडी र कञ्चनपुरबाट एकसाथ प्रकासित हुने जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले बार्षिकोत्सव मनाएको छ ।
जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले १३ औँ बार्षिकोत्सव अवसरमा पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग गरेको हो । जनसरोकार पोष्ट दैनिकका प्रकासक तथा प्रधानसम्पादक राजेन्द्र प्रशाद अवस्थीले यस पटकको बार्षिकोत्सव अवसरमा पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग गरेको बताए । पत्रकार महासंघ कञ्चनपुरका सल्लाहकार समेत रहेका अवस्थीले पत्रकारको हकहितका लागि कोषमा आर्थिक सहयोग गरेको बताए । साप्ताहिकबाट सुरु भएको पत्रिका एक वर्षमै दैनिक पत्रिकाको रुपमा पाठकवृन्दसमक्ष ल्याउन सफल भएको थियो ।
कठिनतम परिस्थितिमा पनि हार नमान्दै विज्ञापनदाता, शुभेच्छुक, सहयोगी तथा पाठकवृन्दको साथ र समर्थनका कारण दैनिक प्रकाशनलाई निरन्तरता दिई रहेको छ । अवस्थीले सदैव राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा निष्पक्ष कलम चलाइरहने प्रतिज्ञा गरेका छन ।
प्रधान सम्पादक राजेन्द्र प्रशाद अवस्थीले नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई ११ हजार १ सय ११ रुपैयाको चेक हस्तान्तरण गरेका छन । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले बार्षिकोत्सवको अवसरमा पत्रकारको हकहित, कल्याणका लागि गरेको सहयोगले संकटमा पर्ने पत्रकारलाई सहयोग पुग्ने बताए । जनसरोकार पोष्ट दैनिक परिवारले पत्रकार कल्याण कोषमा सहयोग गरी प्रोत्साहन गर्नु भएको छ । बार्षिकोत्सवको अवसरमा हरेक बर्ष जनसरोकार पोष्ट दैनिकले विवित समाजिक क्षेत्रमा कामकाज गर्दै आएको छ ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।