महेन्द्रनगर–प्रेस चौतारी नेपाल कञ्चनपुर जिल्ला कार्य समितिले हरितालिका तिजको शुभकामना आदानप्रदान एवं तिज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । आईतबार शहिद भीमदत्त पन्त प्रतिष्ठानको सभाहलमा सम्पन्न औपचारकि कार्यक्रममा नेकपा(एमाले) पोलिटव्यूरो सदस्य निरुदेवि पाल प्रमुख अतिथि रहेका थिए भने प्रेस चौतारी नेपाल कञ्चनपुरका अध्यक्ष मदन गिरीले अध्यता गरेका थिए ।
कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष एव प्रचार प्रसार विभाग प्रमुख जनकराज अवस्थी, सामुदायिक रेडियो प्रसारण संघ का पुर्व केन्द्रिय उपाध्यक्ष विष्णु अवस्थी, अनेमा संघका केन्द्रिय सदस्य कमला भट्ट, अध्यक्ष चिनि गिरी, उपाध्यक्ष भुवन कुवर, सचिव दुर्गा भट्ट, पत्रकार महासंघका उपाध्यक्ष धर्मा कुमारी रोकाया, पुर्व उपाध्यक्ष द्धय भवानी भट्ट, दर्गा उपाध्यय, प्रेस सेन्टरका अध्यक्ष अरुण भट्ट लगायतका अतिथि रहेका थिए ।

नेकपा(एमाले) पोलिटव्यूरो सदस्य निरुदेवि पालले कार्यक्रममा महिलाहरुको तिज विशेष कार्यक्रमको शुभकामना व्यक्त गर्दै प्रेसचौतारी नेपाल कञ्चनपुर परिवारलाई धन्यवाद दिए । उनले पछिल्लो समय भड्किलो बन्दै गएको तिजलगायतका चाडबाडलाई परम्परागतरुपमा संस्कृति प्रवद्धन हुने किसिमले मनाउनुपर्नेमा जोड दिए । त्यसैगरी एमाले जिल्ला उपाध्यक्ष जनकराज अवस्थीले चौतारीले गरेको कार्यक्रमले सामाजिक सद्धभाव, आपसी भाईचाराको सम्बन्ध थप मजबुद हुदै जाने बताए ।
पत्रकार महासंघका उपाध्यक्ष धर्मा कुमारी रोकायाले समाजमा पछिल्लो समय चाडवाड भड्किलो र तडकभडक भईरहेकोले समाजलाई सहि दिशा दिनको लागि पत्रकारहरुले कलम चलाउनुपर्ने बताए । त्यसैगरी शुभकामना दिदै पत्रकार महासंघका पुर्व उपाध्यक्ष दुर्गा उपाध्ययले १४ बर्षको ईतिहासमा पहिलो पटक पत्रकारहरुका संगठनहरुले तिज कार्यक्रमको आयोजना गरेको हेर्न पाईएको भन्दै प्रेस चौतारीलाई धन्यवाद दिए । प्रेस सेन्टर नेपालका अध्यक्ष अरुण भट्टले कार्यक्रमले समाजमा भाईचाराको सम्बन्ध बलियो बनाउनमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा महिला पत्रकार, सिकारु महिला पत्रकार, प्रेस चौतारी नेपाल कञ्चनपुर कार्यसमिति पदाधिकारी, सदस्य, साधारण सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेस चौतारी नेपाल कञ्चनपुरका जिल्ला सचिव धन बहादुर बोहरा(डिवी) बोहराले गरेका थिए । कार्यक्रममा महिलाहरु पत्रकारलगायत सहभागिहरुले तिजका भाकामा नाच्दै भरपुर मनोरञ्जन लिएका थिए ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।