×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

प्रेस चौतारी नेपालद्धारा हरितालिका तिजको शुभकामना आदानप्रदान एव. तिज विशेष कार्यक्रम सम्पन्न

महेन्द्रनगर–प्रेस चौतारी नेपाल कञ्चनपुर जिल्ला कार्य समितिले हरितालिका तिजको शुभकामना आदानप्रदान एवं तिज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । आईतबार शहिद भीमदत्त पन्त प्रतिष्ठानको सभाहलमा सम्पन्न औपचारकि कार्यक्रममा नेकपा(एमाले) पोलिटव्यूरो सदस्य निरुदेवि पाल प्रमुख अतिथि रहेका थिए भने प्रेस चौतारी नेपाल कञ्चनपुरका अध्यक्ष मदन गिरीले अध्यता गरेका थिए ।
कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष एव प्रचार प्रसार विभाग प्रमुख जनकराज अवस्थी, सामुदायिक रेडियो प्रसारण संघ का पुर्व केन्द्रिय उपाध्यक्ष विष्णु अवस्थी, अनेमा संघका केन्द्रिय सदस्य कमला भट्ट, अध्यक्ष चिनि गिरी, उपाध्यक्ष भुवन कुवर, सचिव दुर्गा भट्ट, पत्रकार महासंघका उपाध्यक्ष धर्मा कुमारी रोकाया, पुर्व उपाध्यक्ष द्धय भवानी भट्ट, दर्गा उपाध्यय, प्रेस सेन्टरका अध्यक्ष अरुण भट्ट लगायतका अतिथि रहेका थिए ।

नेकपा(एमाले) पोलिटव्यूरो सदस्य निरुदेवि पालले कार्यक्रममा महिलाहरुको तिज विशेष कार्यक्रमको शुभकामना व्यक्त गर्दै प्रेसचौतारी नेपाल कञ्चनपुर परिवारलाई धन्यवाद दिए । उनले पछिल्लो समय भड्किलो बन्दै गएको तिजलगायतका चाडबाडलाई परम्परागतरुपमा संस्कृति प्रवद्धन हुने किसिमले मनाउनुपर्नेमा जोड दिए । त्यसैगरी एमाले जिल्ला उपाध्यक्ष जनकराज अवस्थीले चौतारीले गरेको कार्यक्रमले सामाजिक सद्धभाव, आपसी भाईचाराको सम्बन्ध थप मजबुद हुदै जाने बताए ।
पत्रकार महासंघका उपाध्यक्ष धर्मा कुमारी रोकायाले समाजमा पछिल्लो समय चाडवाड भड्किलो र तडकभडक भईरहेकोले समाजलाई सहि दिशा दिनको लागि पत्रकारहरुले कलम चलाउनुपर्ने बताए । त्यसैगरी शुभकामना दिदै पत्रकार महासंघका पुर्व उपाध्यक्ष दुर्गा उपाध्ययले १४ बर्षको ईतिहासमा पहिलो पटक पत्रकारहरुका संगठनहरुले तिज कार्यक्रमको आयोजना गरेको हेर्न पाईएको भन्दै प्रेस चौतारीलाई धन्यवाद दिए । प्रेस सेन्टर नेपालका अध्यक्ष अरुण भट्टले कार्यक्रमले समाजमा भाईचाराको सम्बन्ध बलियो बनाउनमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा महिला पत्रकार, सिकारु महिला पत्रकार, प्रेस चौतारी नेपाल कञ्चनपुर कार्यसमिति पदाधिकारी, सदस्य, साधारण सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेस चौतारी नेपाल कञ्चनपुरका जिल्ला सचिव धन बहादुर बोहरा(डिवी) बोहराले गरेका थिए । कार्यक्रममा महिलाहरु पत्रकारलगायत सहभागिहरुले तिजका भाकामा नाच्दै भरपुर मनोरञ्जन लिएका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

होली फेम्ली क्रिकेट महाकुम्भ : मैदानमा चम्किँदै भोलिका राष्ट्रिय स्टार

कञ्चनपुर जेठ २६ गते हेमा भट्ट, कञ्चनपुरको भीमदत्त नगरपालिका-१० स्थित होली फेम्ली इङ्लिस मिडियम स्कुलको खेल मैदान यतिबेला क्रिक...

दैजीमा दुर्घटना १३ जना घाइते

कञ्चनपुर, जेठ २५ गते कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित महेन्द्र राजमार्गमा आइतबार दिउँसो विद्युतीय (ईभी) हायस दुर्घटना हु...

भोलीदेखि होली फेम्ली स्कुल जिमुवामा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता

केशब थापा, जेठ १५ कञ्चनपुरको होलीफेम्ली ईङलिश मिडियम स्कुलमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । भीमदत्त नगरप...
कञ्चनपुरका बिरेन्द्र साउद रास्वपा शिक्षा विभाग केन्द्रीय सदस्य

कञ्चनपुरका बिरेन्द्र साउद रास्वपा शिक्षा विभाग केन्द्रीय सदस्य

कञ्चनपुर जेठ १२ गते डिल्लीराज पन्त, राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) कञ्चनपुरका युवा नेता बिरेन्द्र सिह साउद केन्द्रीय शिक्षा व...
विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

विवादपछि श्रीमानको हत्या गरेको श्रीमतीको बयान

महेन्द्रनगर (कञ्चनपुर), जेठ ७ — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलमा ४५ वर्षीय लीलाराम सुनारको हत्या प्रकरणमा उनकी...
रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

रानीसैनमा पर्यटकमाथि दुर्व्यवहारको आरोप : लाम्पाटाबाटै फर्काइए, केही घाइते

कञ्चनपुर जेठ ४ गते हुम्ला । सुन्दर पर्यटकीय गन्तव्य मानिने रानीसैन क्षेत्रमा घुम्न पुगेका पर्यटकमाथि दुर्व्यवहार भएको आरोप सार्वज...
गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

कञ्चनपुर जेठ ५ गते कञ्चनपुरमा धानको बेर्ना छर्ने मुख्य सिजन सुरु भएसँगै  किसानहरू रासायनिक मलको चरम अभाव झेल्नबाध्य भएका छन्।स...
सुदूरपश्चिमका लागि परिणाममुखी बजेटको माग “अब उद्घाटनका भाषण होइन, सम्पन्न आयोजना चाहिन्छ” — सांसद ज्ञानेन्द्र सिंह महता

सुदूरपश्चिमका लागि परिणाममुखी बजेटको माग “अब उद्घाटनका भाषण होइन, सम्पन्न आयोजना चाहिन्छ” — सांसद ज्ञानेन्द्र सिंह महता

कञ्चनपुर जेठ ४ गते काठमाडौं,— प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज