महेन्द्रनगर – भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले नगरपालिका क्षेत्रका अवैध संरचना हटाउने कार्य फेरि सुरु गरिने बताएका छन् ।
दशैं तिहारपछि अवैध संरचना खाली गर्ने कार्य सुरु हुने नगर प्रवक्ता अवस्थीले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । भीमदत्त नगर विकास समितिको जग्गा अवैध अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य रोकिएको एक वर्ष बढी पुगेको छ । भीमदत्तले होटेल ओपेरा पछाडिमा संरचना हटाउन सुुरु गरी दुई वर्ष अघि अतिक्रमण खाली गर्ने अभियान सुरु गरेको थियो । अवैध संरचना निर्माण गरेकालाई दशैतिहार पर्खिने जानकारी दिएका छन् ।

तत्कालिन गृह मन्त्री रबि लामिछानेले देशभर अतिक्रमति सरकारी जग्गा फिर्ता ल्याउने घोषणा गरेपछि भीमदत्तमा अतिक्रमण हटाउने अभियान सुरु भएको थियो ।
भीमदत्तका नगर प्रवक्ता अवस्थीले हटाउन बाँकी अवैध संरचना हटाउने बताएका हुन् । उनले अवैध संरचना हटाएर खाली गरिएका स्थानलाई प्रयोगका लागि समेत नगरपाकिा गम्भीर हुनु पर्ने बताएका छन् ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।