Advertisement

बर्ड फ्लु भित्रिन नदिन कञ्चनपुर जिल्ला प्रशासनले ग¥यो यस्तो निर्णय

Advertisement

महेन्द्रनगर– कञ्चनपुरसित सीमा जोडिएका भारतीय सीमावर्ती क्षेत्रमा कुखुरामा लाग्ने बर्ड फ्लु महामारी देखिएपछि कञ्चनपुर जिल्ला प्रशासनले जिल्लामा त्रित्रिन नदिन विभिन्न उपाय अपनाएको छ । भारतीय सञ्चारमा माध्यममा सीमावर्ती क्षेत्र उद्यम सिह नगर र बागेश्वमा बर्ड फ्ल संक्रमण देखिएको पुष्टि भएका समाचार आएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले जिल्ला प्रशासन कार्यालयलाई यसबारे जानकारी गराएर नियन्त्रणका लागि पहलकदमी अघि बढाउन आग्रह गरेको थियो । प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको बर्ड फ्लु नियन्त्रण समिति रहेको हुन्छ ।

त्यसपछि मंगलबार प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा बसेको बैठकले कञ्चनपुर जिल्ला उच्च जोखिममा भएको निष्कर्ष निकाल्दै सतर्कता अपनाउने लगायतका तिन ओटा महत्वपूर्ण निर्णय गरेको छ । उक्त बैठकबाट बर्ड फ्लु नियन्त्रण समितिले बर्ड फ्लु संक्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउने र किसानहरुलाई सचेतना फैलाउने निर्णय गरेको छ ।

बैठकमा सहभागी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख श्याम सिह खड्काले भारतीय सीमावर्ती क्षेत्रमा बर्ड फ्लु देखिएको पुष्टि भइ सकेकाले भित्रिन नदिन सबै प्रकारका उपाय अबलम्बन गर्ने गरी छलफल गरी निर्णय गरिएको बताए । उनका अनुसार भारतबाट पन्छीजन्य सामाग्रीको आयातमा पूर्णतया प्रतिबन्ध लगाउने, सीमावर्ती क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि, आपूर्तिकर्ता, व्यापारी र किसानसित बर्ड फ्लु रोग सम्बन्धि सचेतना फैलाउनका लागि अन्र्तक्रिया गर्ने, पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, बेलडाँडी गाउँपालिका, दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकाका वडा नंम्बर ९ र १० का जनप्रतिनिधि आपूर्तिकर्ता व्यापारी, किसान र अन्य सरोकारवालासंग रोग सम्बन्धी सचेतना सजगताका अन्तरक्रिया गर्ने निर्णय गरीएको छ ।

त्यसैगरी उक्त बैटकले जिल्लास्थित सुरक्षा निकाय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधिले बर्ड फ्लु रोग नियन्त्रण र रोकथामका लागि सबै जुनसुकै समयमा पनि आकस्मिक अनुगमन गरी त्यस्तो आयातमा कडाइका साथ नियमन गर्न सक्ने निर्णय समेत गरीएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख खड्काले समितिको बैठकपछि औपचारिक रुपमा बर्ड फ्लु नियन्त्रणको प्रयास थालिएको बताए । ‘त्यहाँ भारतमा देखिएपछि कार्यालयले आफ्नो हिसाबले बर्ड फ्लु नियन्त्रणका लागि प्रयास गरि रहेको थियो, अब औपचारिक रुपमा सुरुवात भयो,’ उनले भने, ‘फैलिएको पुष्टि भइ सकेको छ, उच्च सतर्कतामा रहनै पर्ने अवस्था छ, संक्रमण फैलिएको क्षेत्रबाट हामी नजिक भएर हामी नै जोखिममा छौ, त्यसैले संवेदनशिल हुन जरुरी छ ।’

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)को १२ बुदे ज्ञापन पत्र, ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम

महेन्द्रनगर – महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले १२ बुदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । महाकाली प्राद...

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरकी उपप्रमुख निमल लेखकले बिरामी पत्रकार रवि विवशलाई उपचार खर्च सहयोग गरेकी छिन । केहीदिनदेखि महाकाली...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज