×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

बर्ड फ्लु भित्रिन नदिन कञ्चनपुर जिल्ला प्रशासनले ग¥यो यस्तो निर्णय

 

                               

महेन्द्रनगर– कञ्चनपुरसित सीमा जोडिएका भारतीय सीमावर्ती क्षेत्रमा कुखुरामा लाग्ने बर्ड फ्लु महामारी देखिएपछि कञ्चनपुर जिल्ला प्रशासनले जिल्लामा त्रित्रिन नदिन विभिन्न उपाय अपनाएको छ । भारतीय सञ्चारमा माध्यममा सीमावर्ती क्षेत्र उद्यम सिह नगर र बागेश्वमा बर्ड फ्ल संक्रमण देखिएको पुष्टि भएका समाचार आएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले जिल्ला प्रशासन कार्यालयलाई यसबारे जानकारी गराएर नियन्त्रणका लागि पहलकदमी अघि बढाउन आग्रह गरेको थियो । प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको बर्ड फ्लु नियन्त्रण समिति रहेको हुन्छ ।

त्यसपछि मंगलबार प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा बसेको बैठकले कञ्चनपुर जिल्ला उच्च जोखिममा भएको निष्कर्ष निकाल्दै सतर्कता अपनाउने लगायतका तिन ओटा महत्वपूर्ण निर्णय गरेको छ । उक्त बैठकबाट बर्ड फ्लु नियन्त्रण समितिले बर्ड फ्लु संक्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउने र किसानहरुलाई सचेतना फैलाउने निर्णय गरेको छ ।

बैठकमा सहभागी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख श्याम सिह खड्काले भारतीय सीमावर्ती क्षेत्रमा बर्ड फ्लु देखिएको पुष्टि भइ सकेकाले भित्रिन नदिन सबै प्रकारका उपाय अबलम्बन गर्ने गरी छलफल गरी निर्णय गरिएको बताए । उनका अनुसार भारतबाट पन्छीजन्य सामाग्रीको आयातमा पूर्णतया प्रतिबन्ध लगाउने, सीमावर्ती क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि, आपूर्तिकर्ता, व्यापारी र किसानसित बर्ड फ्लु रोग सम्बन्धि सचेतना फैलाउनका लागि अन्र्तक्रिया गर्ने, पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, बेलडाँडी गाउँपालिका, दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकाका वडा नंम्बर ९ र १० का जनप्रतिनिधि आपूर्तिकर्ता व्यापारी, किसान र अन्य सरोकारवालासंग रोग सम्बन्धी सचेतना सजगताका अन्तरक्रिया गर्ने निर्णय गरीएको छ ।

त्यसैगरी उक्त बैटकले जिल्लास्थित सुरक्षा निकाय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधिले बर्ड फ्लु रोग नियन्त्रण र रोकथामका लागि सबै जुनसुकै समयमा पनि आकस्मिक अनुगमन गरी त्यस्तो आयातमा कडाइका साथ नियमन गर्न सक्ने निर्णय समेत गरीएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख खड्काले समितिको बैठकपछि औपचारिक रुपमा बर्ड फ्लु नियन्त्रणको प्रयास थालिएको बताए । ‘त्यहाँ भारतमा देखिएपछि कार्यालयले आफ्नो हिसाबले बर्ड फ्लु नियन्त्रणका लागि प्रयास गरि रहेको थियो, अब औपचारिक रुपमा सुरुवात भयो,’ उनले भने, ‘फैलिएको पुष्टि भइ सकेको छ, उच्च सतर्कतामा रहनै पर्ने अवस्था छ, संक्रमण फैलिएको क्षेत्रबाट हामी नजिक भएर हामी नै जोखिममा छौ, त्यसैले संवेदनशिल हुन जरुरी छ ।’

 

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज