Advertisement

नेपाल आमाको मूर्ति निर्माणमा सरकारको उदासिनता

Advertisement

महेन्द्रनगर–कञ्चनपुर जिल्ला स्थित भम्केनी धाममा निर्माणाधिन ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणमा सरकारले चासो दिएको छैन् । आर्थिक बर्ष २०८२÷८३ मा प्रदेश सरकारले विभिन्न ठाँउका ससाना मन्दिर निर्माणमा बजेट विनियोजन गरेपनि जिल्लाको भीमदत्त नगरपालिका–८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा निर्माणाधीन ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणमा बजेट विनियोजन गरेन् ।
नेपालका ऐतिहासिक प्रथम जगतगुरु मोहनशरण देवाचार्यले आठ वर्षअघि साविकका ७५ वटै जिल्ला चिनाउने गरी ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणको सुरुवात गरेका थिए । मूर्ति निमार्णका लागि जगतगुरु मोहनशरण देवाचार्यले जनताको दानबाट केही धातु र नगद सङ्कलन गरे पनि सरकारबाट सहयोग नहुदा मूर्ति निर्माणमा कठिनाई भईरहेको बताए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री लगायत अधिकांस नेताहरुलाई भेटेरै मूर्ति निर्माणका लागि बजेट विनियोजन गरीदिन आग्रह गरेको भएपनि बजेट विनियोजन नगरीदिएको उनको दुखेसो छ । देशको सिमा सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण रहेको नेपाल आमाको मूर्ति निर्माणका लागि सुरुमा रातो कितावमा समेटिएपनि अर्थमन्त्रीले बजेट भाषण गर्दा गायव पारिएको जगदगुरु देवाचार्यको दावि छ । ‘प्रदेश सरकारका मुख्यमन्त्रीलगायतका अधिकांश नेतालाई भेटेरै मूर्ति निर्माण लागि बजेट विनियोजन गरिदिन आग्रह गरेको थिएँ उहाँहरुले रातो कितावमा समेटे पनि,’ जगतगुरु देवाचार्यले भने, ‘तर अर्थमन्त्रीले बजेट भाषण गर्ने बेला आएन् बडो अचम्ममा परेमत । प्रदेश सरकारले मात्रै नभई तिनै तहको सरकारबाट सहयोग प्राप्त भएको छैन, सरकारले खासै चासो दिएनन्।’
उनले नेपाल आमाको मूर्ति निर्माणका लागि नेपालका धनाड्य व्यक्ति भम्केनी धाममा भेला गराउने बताए । अन्य ठाँउमा आफुले सूरुवात गरेका सबै काम सम्पन्न हुन लागेको उनले बताए । नेपाल आमाको पाउ सम्म निर्माण गरीएको उल्लेखगर्दै उनले अझै २५ करोड जति बजेटको आवश्यक पर्ने बताए ।
नेपाल आमाको मूर्तिले राष्ट्रलाई जोड्ने अभियान भएकाले यसको पूर्णताका लागि सबैको सहयोगको आवश्यकता रहेको उनले बताए। मूर्ति निर्माणका लागि २०७४ सालमा भ्याली कन्स्ट्रक्सनलाई रु १० करोड ८१ लाखमा ठेक्का दिइएको थियो ।

जगतगुरु मोहनशरण देवाचार्यले २०७२ साल वैशाखदेखि २०७४ माघसम्म नेपाललाई दाहिने पारेर परिक्रमा गर्दा २२ टनसम्म तामा, पित्तललगायतका धातु सङ्कलन भएका थिए। त्यसबाहेक स्थानीयले तीन टन धातु दान गरेका थिए। यही धातुबाट मूर्ति निर्माण सुरु भए पनि पर्याप्त बजेट नहुँदा निर्माण पूरा हुन सकेको छैन।
भम्केनी धाममा जगतगुरु मोहनशरण देवाचार्यले धार्मिक गतिविधि गर्न थालेपछि चहलपहल हुन थालेको हो । नेपाल आमाको मूर्ति निर्माण सुरु गरिएपछि धाममा धार्मिक पर्यटक आउने गरेका छन् ।
पाण्डवहरु वनवासको समयमा यस क्षेत्रका कुवामा पानी निकाल्दा भक्कानिएर पानी आएकाले यसलाई भम्का भनिएको र यस क्षेत्रको इतिहास महाभारतसँग जोडिएको विश्वास गरिन्छ। धाममा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाको फरक–फरक कुण्डहरु निर्माण गरिएका छन् ।

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)को १२ बुदे ज्ञापन पत्र, ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम

महेन्द्रनगर – महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले १२ बुदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । महाकाली प्राद...

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरकी उपप्रमुख निमल लेखकले बिरामी पत्रकार रवि विवशलाई उपचार खर्च सहयोग गरेकी छिन । केहीदिनदेखि महाकाली...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज