Advertisement

निर्माण व्यवसायी संघ कञ्चनपुर नयाँ नेतृत्वका लागि पुष्पराज अवस्थीको प्यानल घोषणा

Advertisement

महेन्द्रनगर–निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि २१ भदौँ ०८२ मा हुन लागेको निर्वाचनका लागि पुष्पराज अवस्थी प्यानल पनि घोषणा गरिएको छ । संघको १५ औँ नयाँ कार्य समिति चयनका लागि हुने निर्वाचनमा अवस्थी प्यानल घोषणा गरिएको हो ।
सोमबार महेन्द्रनगरमा अवस्थी नेतृत्वमा निर्माण व्यवसायी संघको नेतृत्व पदाधिकारीका लागि प्यानल घोषणा गरिएको छ ।
अवस्थी नेतृत्वमा बरिष्ठ उपाध्यक्ष अमर बहादुर बम, उपाध्यक्ष यज्ञराज बैज, महासचिव देवीदत्त भट्ट, सचिव गोरेसिह ऐर, सहकोषाध्यक्ष चित्र कार्कीको उम्मेदवारी रहेको प्यानल घोषणा गरिएको छ । प्यानल घोषणा गर्दै अध्यक्षका उम्मेदवार पुष्पराज अवस्थीले साना व्यवसायीहरुलाई समेटनेदेखि निर्माण व्यवसायीहरुको साझा समस्या पहिचान गर्दै समाधानका लागि पहल गर्न आफु नेतृत्वमा आउन चाहेको बताए ।
पुर्व उपाध्यक्ष समेत रहेका अवस्थी यस अघि अध्यक्षमा पराजित भएका थिए । आफुले नेतृत्वमा पराजित भएपछि धेरै विषयकोे ज्ञान आर्जन गरेको बताउँदै अब आम व्यवसायीहरुको हकहितका लागि काम गर्नकै लागि नेतृत्वमा जान चाहेको बताए ।
‘संघमा अझैपनि साढे तीन सय हराहारीमा व्यवसायी आबद्ध छैनन, ‘उनले भने, ‘मेरो नेतृत्वमा समिति चयन भए उहाँहरुलाई पनि समावेस गराउँछु ।’ निर्माण व्यवसायीको क्षमता अभिबृद्धि गर्दै संघलाई प्रविधीमैत्री बनाउने, निर्माण व्यवसायीका साझा समस्या भुक्तानी समस्या समाधान गर्ने, नेतृत्व दोहोरिने प्रवृतिको अन्त्य गर्ने, निर्माण व्यवसायी संघलाई सबैको साझा संस्थाको रुपमा विकास गर्दै जिल्लामा निर्माण व्यवसायी संघलाई थप आत्मनिर्भर, स्वच्छ निष्पक्ष बनाउने एजेण्डा अघि सारेका छन । संघमा भएका समस्या समाधान गर्दै जिल्लाको दीगो विकासदेखिका एजेण्डा अघि सारेर अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन । ‘हाम्रो प्यानल विशुद्ध व्यवसायीहरुको प्यानल हो, हामी कुनै दलमा आबद्ध पनि छैनौँ, ‘उनले भने, ‘हामी व्यवसायीका लागि सबै दल, समुह बराबरी हो, हामीले राज्यले दिएको काम समयमै गुणस्तरिय सम्पन्न गर्ने दायित्व हुन्छ ।’ अवस्थी प्यानलबाट महासचिवका उम्मेदवार देवीदत्त भट्टले साना र संघ बाहिर रहेका आम निर्माण व्यवसायीलाई आबद्ध गराएर अघि बढने बताए । उनले यस अघिका समितिले सानादेखि नयाँ निर्माण व्यवसायीहरुलाई समावेस गर्न नसकेको बताउँदै अवस्थी नेतृत्वको समितिले समावेस गर्ने बताए । अवस्थी प्यानलाई अधिकाँस साना व्यवसायीहरुले साथ सर्मजन जनाएका छन । कञ्चनपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सुरेश सिह रावलले अवस्थी नेतृत्वको प्यानल समावेसीदेखि विशुद्ध व्यवसायिक हकहितका लागि भएर सहयोगका लागि अपिल गरेका छन ।

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)को १२ बुदे ज्ञापन पत्र, ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम

महेन्द्रनगर – महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले १२ बुदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । महाकाली प्राद...

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरकी उपप्रमुख निमल लेखकले बिरामी पत्रकार रवि विवशलाई उपचार खर्च सहयोग गरेकी छिन । केहीदिनदेखि महाकाली...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज