महेन्द्रनगर–निर्माण व्यवसायी संघ कञ्चनपुरको १५औ अधिवेशन अन्तरगत भएको निर्वाचनमा पुर्व अध्यध्यक्षहरुको शक्ति निरिह भएको छ । पहिलो पटक अध्यक्ष पदमा निर्वाचन लड्दा ४२ मतले पराजित भएका पुष्पराज अवस्थीले दोस्रो पटक भने पुर्व अध्यक्षहरुको शक्ति देखाएर अध्यक्षमा दोहोरिन खोजेका निरञ्जन प्रसाद भट्टलाई १७ मतले हराएर अध्यक्ष पदमा निर्वाचित हुन सफल भए । नो रिपिट र साना पुजिका व्यवसायीलाई गोलबद्ध गर्दै दोस्रो पटक चुनावमा होमिएका अवस्थीले कुल २८१ मत खसेकोमा १४९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । निवर्तमान अध्यक्ष निरञ्जन प्रसाद भट्टले १३२ मत मात्रै ल्याए । १४औँ कार्य समितिका लागि २५ भदौँ ०७९मा सम्पन्न भएको निर्वाचनमा भट्टले अवस्थीलाई ४२ मतले हराएका थिए ।
बरिष्ठ उपाध्यक्षमा भट्ट प्यानलका देब बहादुर चन्द निर्वाचित भएका छन । चन्दले आफ्ना निकतमप्रतिस्पर्धी अमर बहादुर बमलाई ६२मत अन्तरले हराउँदै बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन । चन्दले १ सय ६९ मत ल्याएका छन् । उपाध्यक्षमा भट्ट प्यानलका दीपक भट्टलाई अवस्थी प्यानलका यज्ञराज बैजले १६मत अन्तरले पराजित गरेका छन् । भट्टले १ सय ४८ मत ल्याएका हुन् । महासचिव पनि अवस्थी प्यानलकै देवीदत्त भट्ट निर्वाचित भएका छन । उनले आफ्ना निकटतम प्रतिस्पर्धी योगेन्द्र बहादुर ठकुराठीलाई ५२मतको फराकिलो मतान्तरले हराउँदै महासचिवमा निर्वाचित भएका हुन । भट्टले १सय ६६ ल्याएका छन ।

सहकोषाध्यक्षमा भट्ट प्यानलका हेम बहादुर महरा निर्वाचित भएका छन । उनले अवस्थी प्यानलका चित्र कार्की र स्वतन्त्र पदमराज भट्टलाई हराउँदै सहकोषाध्यक्षमा निर्वाचित भएका हुन । महराले भट्टलाई ५४, कार्कीलाई ७९मतान्तरले पछि पारेर सहकोषाध्यक्षमा निर्वाचित भएका हुन । महराले १ सय ३५ मत ल्याएका हुन् ।
भट्ट प्यानलबाट सचिवमा वृज किशोर चन्द र कोषाध्यक्षमा तेज बहादुर चन्द निर्बिरोध निर्वाचित भएका हुन् ।
सदस्य तर्फ गणेश सुबेदी(१९०), महेश जोशी(१७२), दिपक कार्की(दिपीन)(१७०), नविन चन्द(१५८), सन्तोश खत्री(१५२), मनिराम रेग्मी(१४७) र चन्द्रसिंह कार्की(१४३) विजयी भएका छन् । सदस्यमा निर्वाचित भएका नविन चन्द पहिलो प्रयासमै र दिपक कार्की(दिपिन) दोस्रो पटकको प्रयासमा सफलता हात पारेका हुन् । संघमा कुल २९८मतदाता रहेका भएपनि २८१ मत खसेको थियो ।
दोस्रो प्रयासमा संघको अध्यक्षमा निर्वाचित भएका पुष्पराज अवस्थीले अब संघलाई एकढिक्का मिलाएर सबै व्यवसायीहरुको व्यवसायिक हकहितमा अघि बढाउने प्रतिज्ञा गरेका छन । गृहमन्त्री समेत रहेका संघका पुर्व कानुनी सल्लाहकार रमेश लेखकको प्रमुख आथित्यमा अधिवेशन उद्घाटन गरिएको थियो । निर्वाचित पदाधिकारी सदस्यहरुलाई केही समयपछि पदभारदेखि प्रमाण पत्र प्रदान गरिने निर्वाचन समितिले जनाएको छ ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।