Advertisement

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमतीबिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड र आगजनी

Advertisement

कञ्चनपुर, २९भदौँ –२४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत भएका बेला महाकाली पुल योजनाको एक गाडी दाङमा तोडफोड आगजनी भएको छ । कञ्चनपुर स्थित महाकाली पुल योजना कार्यालयको बामती प्रदेशको एबी ७२१० नम्बरकोे नयाँ महङगो गाडीमा तोडफोड आगजनी भएको हो ।
सडक डिभिजन कार्यालय दाङमा राखिएको उक्त गाडी तोडफोड भएको जनाईएको छ । सडक डिभिजन कार्यालय दाङका सिडिई दिपेन्द्र बहादुर विष्टले कार्यालय परिसरमा राखिएको गाडीमा आन्दोलनकारी तोडफोड गरेर पुष्टी गरेका छन । ‘यो गाडी कहाँबाट कसरी आयो थाहै भएन, ‘उनले भने, ‘पछाडी राखिएको गाडी पनि तोडिदियो, अरु लक नभएका गाडी हामीले सुरक्षित राख्यौँ, त्यो सकिएन ।’

२३भदौँदेखि जेनजी आन्दोलन चर्किएपछि सडक विभागले देशभरका सबै महाशाखा, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन, गुणस्तर अनुसन्धान विकास केन्द्र, आयोजना, निर्देशनालय, आयोजना,योजना, यान्त्रिक तालिम केनदै, हेभि ईक्विपेन्ट, डिभिजन र यान्त्रिक कार्यालयमा पत्राचार गर्दै सरकारी सवारी साधन प्रयोग नगर्न पत्राचार गरे विपतिर कञ्चनपुर महाकाली पुल योजनाको गाडी दाङमै कसरी किन कसले लगेर दुरुपयोग वा कामका लागि भन्दै चर्चा चलिरहेको छ ।
सडक विभागका शाखा अधिकृत पदम प्रशाद पोखरेलले हस्ताक्षर गरेको अन्यन्त जरुरी पत्रमा आन्दोलनका कारण उत्पन्न परिस्थितिका कारण सरकारी सवारी साधन प्रयोग नगर्नु नगराउन हुन निर्देशन जारी गर्दै आफु खुसी सवारी साधन प्रयोग गरी क्षति वा दुर्घटना भएका सवारी प्रयोगकर्ता स्वयम जिम्मेबारी हुने निर्देशन जारी गरिएको थियो । विभागकै निर्देशन विपरित महाकाली पुल आयोजनाको गाडी दुरुपयोग भएपछि विभागले अब के गर्छ भन्ने प्रतिज्ञामा छन । जिल्ला प्रहरी कार्यालय दाङले थुप्रै सरकारी कार्यालय, सवारी साधन तोडफोड, आगजनी भएकाले टोलीले मुचुल्का संकलन गरिरहेकोे जनाएको छ ।
महाकाली पुल योजना कार्यालयका ईन्जिनियर रवि शाहले उक्त गाडी डि विवसबासु सदादेवले साईडमा लगेको बताए ।
सरकारी एज सार्वजनिक कार्यालयमा भ्रष्टाचार बढिरहेको भन्दै जेनजी पुस्ता आन्दोलनमा यसै कारण चर्चिरहेका बेला यसरी सरकारी कर्मचारी राज्यका स्रोत साधन दोहनमा उद्यत छन ।
जिल्ला बाहिर सरकारी सवारी साधन संचालनका लागि सम्बन्धीत प्रशासन कार्यालयमा अनुमती लिनुपर्ने भएपनि महाकाली पुल र डिभिजन वन कार्यालयका गाडी अनुमती बिनै जिल्ला बाहिर लैजादा तोडफोड र आगजनी भएका छन ।
डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख विषेश्वर प्रशाद जोशीले मन्त्रालयको काम विशेषले धनगढी गएका बेला धनगढीमा गाडी तोडफोड गरिएको बताए । उनका अनुसार सुपप्र ०११००झ०५६८ नम्बरको टेम्पल रिर्पोटमा पार्किङमा राखेकोे गाडी जलाएर नष्ट भएको बताए । कफ्युका कारण प्रशासनबाट अनुमती लिन नसकिएको बताउँदै उनले मन्त्रालयको कामका लागि धनगढी गएको दुरुपयोग गर्न नभएको दावि गरेका छन ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले महाकाली पुल र डिभिजन वन कार्यालयले अनुमती नलिएको बताए । प्रजिअ ढकालले दुवै कार्यालयमा सवारी साधन तोडफोड आगजनीको विषयमा आफुले पनि अनौपचारिक रुपमा सुनेको बताउँदै थप बुझ्ने बताए । ‘सम्बन्धीत जिल्ला प्रशासनको अनुमती बिनै जिल्ला बाहिर सवारी साधन संचालन गर्न पाईदैन, ‘प्रजिअ ढकालले भने, ‘यसरी सरकारी गाडी दुरुपयोग गर्नेमाथि कार्बाही हुन्छ ।’

Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)को १२ बुदे ज्ञापन पत्र, ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम

महेन्द्रनगर – महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले १२ बुदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । महाकाली प्राद...

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरकी उपप्रमुख निमल लेखकले बिरामी पत्रकार रवि विवशलाई उपचार खर्च सहयोग गरेकी छिन । केहीदिनदेखि महाकाली...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज