महेन्द्रनगर– राष्ट्रसेवक कर्मचारी अनिल चन्दले लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीलाई सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिन प्रधानमन्त्रीलाई पत्र लेखेका छन् । सामान्य प्रसासन मन्त्रालयमा अनुभवि, दक्ष र ईमान्दार व्यक्तित्वको आवश्यकता पर्ने कुराको उल्लेख गर्दै चन्दले सोमबार सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी लोकसेवा आयोगका पूर्व अध्यक्ष मैनालीलाई दिन उपयुक्त हुने सल्लाहसहित पत्र लेखेको हुन् ।

लोक सेवा आयोग महेन्द्रनगरका कम्प्युटर अपरेटर अनिल चन्दले आयोग अध्यक्ष मैनालीसंग सुशासन प्रशासन बनाउन थुप्रै अनुभव भएका कारण मन्त्री बनाउदा मन्त्रालयको गरीमा र प्रभावकारी बढ्ने पत्रमा उल्लेख गरेका छन् । मैनालीले लोक सेवा आयोगको अध्यक्ष हुदा आयोगको व्यवस्थापनदेखि लिएर सुशासन, प्रबद्धन, पारदर्शिता र दक्ष प्रशासनिक संरचना निर्माणमा महत्वपूर्ण योगदान गरेको कुराले सामान्य मन्त्रालयको नेतृत्वमा विश्वास गर्न सकिने भन्दै सामान्य मन्त्रालयको जिम्मेवारी मैनालीलाई दिन चन्दले पत्रमा विनम्र आग्रह गरेका छन् ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।