महेन्द्रनगर – गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा शहिद भएका सहिदहरुप्रति मेधावी सेकेण्डरी स्कूलका विद्यार्थीहरुले हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । बुधबार बेलुका मेधावी सेकेण्डरी विद्यालयले शिक्षक शिवम बस्नेतको संयोजकत्वमा श्रद्धाञ्जली सभाको आयोजना गरी विद्यालयका विद्यालय, शिक्षक, कर्मचारी लगायतले आन्दोलनमा सहादत भएका शहिदहरुप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली दिएका हुन् । श्रद्धाञ्जली सभामा विद्यार्थीहरुले नेपालको नक्सा बनाई मौनबत्ति बालेर शहिदहरुको मृत्य आत्माको चिरशान्तिको कामना सहित परिवारजनमा संवेदना प्रकट गरेको श्रद्धाञ्जली सभाका संयोजक शिक्षक शिवम बस्नेतले बताए । श्रद्धाञ्जली सभामा विद्यालयका प्रिन्सिपल महाशर्मा न्यौपानेलगायत शिक्षक ईन्दु भट्ट, अन्य शिक्षक, विद्यालय कर्मचारी, कक्षा ९ र १० का विद्यार्थीहरुको उपस्थिति रहेको संयोजक बस्नेतले बताए । शिक्षक बस्नेतका अनुसार अनौपचारीक रुपमा गरीएको उक्त श्रद्धाञ्जली सभामा एक मिनट मौनधारणा गरीनुका साथै पालैपालो प्रमुख व्यक्तित्वहरुले शहिदहरुप्रति श्रद्धासुमन प्रकट गरीएको छ । नेपालको नक्सा बनाई सिमानामा मौनवत्ति बालिएको थियो भने नक्साको माथि नेपालको झण्डा बनाईएको थियो ।

गएको भाद्र २३ गते भएको जेनजी आन्दोलनको क्रममा सरकारले आन्दोलनलाई दमन गर्दा १९ जना युवाको ज्यान जानुका साथै हजारौ जना घाईते भएका थिए । पछि मृतकको संख्या बढ्न गई आजसम्म ७२ जनाको ज्यान गईसकेको छ । आन्दोलनले नेकपा एमाले नेतृत्वको सरकार ढल्नुका साथै पूर्व प्रधानन्यायाधिस सुशिला कार्की प्रधानमन्त्री नियुक्त भएकी छन् । कार्की नेतृत्वको सरकारले आन्दोलनको क्रममा मृत्यू भएकाहरुलाई सहिद घोषणा गर्नुकासाथै शहिद परिवारलाई १५ लाख आर्थिक सहयोग दिने घोषणा गरेको छ । सरकारले असोज १ गते आज एक दिनका लागि सोक विदा दिएको थियो ।

सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।