कञ्चनपुर जिल्लाको दक्षिणी भेग पुर्नवास नगरपालिकामा यही भदौ २४ गते जिनजी समूहकाे आन्दोलनले नगरपालिकामा तोडफोड र आगजनी ले गरेको थियो

पालिकालाई पुनर्निर्माण र सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले पूर्नवासका युवा व्यवसायी दाबत तामाङ ले पालिकालाई अति आवश्यक महत्वपूर्ण सामग्री हस्तान्तरण गर्नुभएको छ। उहाँले पालिकालाई चार ४ थान कम्प्युटर दुई २थान दराज दुई २थान टेबल दुई २थान प्रिन्टर सहितका सामग्रीहरू नगरपालिकाका नगरप्रमुख ताेयराज शर्मा लाई हस्तान्तरण गर्नुभएको छ र उक्त कार्यक्रममा नगरपालिकाका उपप्रमुख सहित कार्यालय प्रमुख को समेत उपस्थिति रहेको थियो।
साथै नगर प्रमुख शर्माले यस्तो कठिन अवस्थामा पालिकालाई अति आवश्यक सामग्री हस्तान्तरण गरी ठूलो सहयोग गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ। र अझै पालिकालाई आवश्यक पर्ने सामग्रीहरू सहयोग गर्न चाहनुहुने सहयोगी मनहरुलाई सहयोग गर्न आवाहान गर्नुभएको छ।

सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।