×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

पुनर्वास नगरपालिकामा जेनजी काे आगजनिक पछि पुनर्निर्माण प्रक्रिया तीव्र, नगद सहयोग नलिने निर्णय

महेन्द्रनगर कञ्चनपुर-कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा कार्यपालिका बैठक बिहिबार बसेको छ। जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते आगजनी गरी पालिका पूर्णरूपले ध्वस्त भएको थियो । यतिबेला पालिकामा नगरपालिकाका कर्मचारी जनप्रतिनिधिहरू सरसफाई जुटेका छन्। पालिकामा जलेर नष्ट भएका र टुटफुट भएका सरसामानहरू मात्र यत्र तत्र देखिन्छन्। पालिकाका कोठाहरू आगोको धुवाले पुरै कालो अवस्थामा देख्न सकिन्छ।रङ्गरोगनको काम चलिरहेको छ । पालिकाले केही दिन अगाडि सूचना जारी गर्दै अत्यावश्यकीय सेवा बाहेकका अन्य सेवा दिन नसक्ने जानकारी दिएको थियो।

बिहीबार बसेको कार्यपालिका बैठकले पालिकाको अतिआवश्यक मर्मतकार्य छिटो भन्दा छिटो सम्पन्न गरी कार्यालय सञ्चालन गर्नुका साथै सेवा प्रवाह गर्ने निर्णय गरेको छ ।

यो सँगै पालिकालको पुनर्निर्माणका लागि कसैसँग पनि नगद रुपैयाँ आर्थिक सहयोग नलिने तर आफू खुसी सहयोग दिन चाहेमा जिन्सी सामान मात्रै लिने निर्णय गरेको पुनर्वास नगरपालिकाका नगरप्रवक्ता तथा पुनर्वास- ११ का वडाध्यक्ष तुलसी अर्यालले जानकारी दिनुभयो ।

कार्यपालिका बैठकले आन्दोलनका क्रममा मृत्यु भएका प्रति शोक प्रस्ताव समेत पारित गरेको छ । जेनजी आन्दोलनको क्रममा पालिकामा भएको सम्पूर्ण क्षतिको विवरण एकिन डाटा तयार गर्न नगरपालिकाका शिक्षा शाखा प्रमुख शिवराज भट्टको नेतृत्वमा समिति गठन गरिएको नगरप्रवक्ता अर्यालले जानकारी दिनुभएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज