महेन्द्रनगर कञ्चनपुर-कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा कार्यपालिका बैठक बिहिबार बसेको छ। जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते आगजनी गरी पालिका पूर्णरूपले ध्वस्त भएको थियो । यतिबेला पालिकामा नगरपालिकाका कर्मचारी जनप्रतिनिधिहरू सरसफाई जुटेका छन्। पालिकामा जलेर नष्ट भएका र टुटफुट भएका सरसामानहरू मात्र यत्र तत्र देखिन्छन्। पालिकाका कोठाहरू आगोको धुवाले पुरै कालो अवस्थामा देख्न सकिन्छ।रङ्गरोगनको काम चलिरहेको छ । पालिकाले केही दिन अगाडि सूचना जारी गर्दै अत्यावश्यकीय सेवा बाहेकका अन्य सेवा दिन नसक्ने जानकारी दिएको थियो।
बिहीबार बसेको कार्यपालिका बैठकले पालिकाको अतिआवश्यक मर्मतकार्य छिटो भन्दा छिटो सम्पन्न गरी कार्यालय सञ्चालन गर्नुका साथै सेवा प्रवाह गर्ने निर्णय गरेको छ ।
यो सँगै पालिकालको पुनर्निर्माणका लागि कसैसँग पनि नगद रुपैयाँ आर्थिक सहयोग नलिने तर आफू खुसी सहयोग दिन चाहेमा जिन्सी सामान मात्रै लिने निर्णय गरेको पुनर्वास नगरपालिकाका नगरप्रवक्ता तथा पुनर्वास- ११ का वडाध्यक्ष तुलसी अर्यालले जानकारी दिनुभयो ।
कार्यपालिका बैठकले आन्दोलनका क्रममा मृत्यु भएका प्रति शोक प्रस्ताव समेत पारित गरेको छ । जेनजी आन्दोलनको क्रममा पालिकामा भएको सम्पूर्ण क्षतिको विवरण एकिन डाटा तयार गर्न नगरपालिकाका शिक्षा शाखा प्रमुख शिवराज भट्टको नेतृत्वमा समिति गठन गरिएको नगरप्रवक्ता अर्यालले जानकारी दिनुभएको छ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।