
कञ्चनपुर महेन्द्रनगर–खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गरीरहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महेन्द्रनगरमा रहेको कार्यालयबाट भाद्र ३० गतेदेखि सहुलियत दरमा चामल विक्रि गरीरहेको हो । कम्पनीले आगामी कार्तिक १० गतेसम्म सहुलियत दरमा चामल विक्रि गर्ने जनाएको छ । कम्पनीले दशै दिपावलीलाई लक्ष्यीत गरी सर्वसाधरणका लागि मोटो र मसिनो गरी दुई प्रकारको चामल सहुलियत दरमा विक्रि गरीरहेको कार्यालयका प्रमुख महिकरण महराले बताए । ‘हामीले विगत बर्षजस्तै यस बर्षपनि सहुलियत दरमा चामल विक्रि गरीरहेका छौ,’ कार्यालय प्रमुख महराले भने, ‘जीरा मसिनो चामल र मोटो चामल गरी दुई क्याटगेरीको चामल राखेका छौ ।’
मोटो र मसिनो चामल प्रति किलो पाँच रुपैँया सहुलियतमा बिक्री गरीरहेको कार्यालय प्रमुख महराले बताए । उनका अनुसार कम्पनिले जिरा मसिनो र मोटो चामलको क्रमश प्रतिकिलो ८८ र ६२ मुल्य तोकेकोमा सहुलियत दर ८२ र ५७ रुपयाँ तोकेको छ ।

कम्पनीले सय क्विन्टल विक्रिका लागि तार्केट दिएता पनि अहिलेसम्म एक क्विन्टल चामल विक्रि भएको कार्यालयका सहायक प्रमुख एवं सूचना अधिकारी मनोज चन्दले बताए । ‘केन्द्रिय कार्यालयले महेन्द्रनगरका लागि १०० क्विन्टल विक्रि गर्न कोटा दिएको छ,’ उनले भने, ‘भाद्र ३० गतेदेखि एक क्विन्टल मात्रै विक्रि भएको छ ।’ कोटाको चामल सकिए केन्द्रको निर्देशन अनुसार थप्ने÷नथप्ने केन्द्रले निर्धारण गर्ने सूचना अधिकारी चन्दले बताए ।
विक्रि सुरु भएको दिन देखि अधिकांस दिन विदा परेकोले बिक्रि धेरै हुन नसकेको उनले बताए । कम्पनीले देशको सबै जिल्लाहरुमा सहुलियत दरमा चामल, चिनि लगायतका अत्यवश्यक बस्तुको बिक्रि गर्दै आएको सूचना अधिकारी चन्दले बताए । उनले महेन्द्रनगरमा चामलको मात्रै विक्रिका लागि राखिएको बताए । ‘कम्पनीले चाडबाडको समयमा दैनिकरुपमा अत्यवश्यक उपभोग हुने बस्ुतको मूल्य निर्धारण गर्नका लागि कम्पनीले सहुलियत दरमा बिक्रि पसल राख्ने गरेको छ,’ सूचना अधिकारी चन्दले भने, ‘महेन्द्रनगरमा चामल मात्रै राखेको छ, खासमा यहा चिनि भारतीय बजारबाट भित्रिन्छ र कम्पनीको सहुलियत दरभन्दा पनि सस्तो मूल्यमा बजारमै प्रतिस्पिर्धा हुने गरेको कारण यहा चिनि नराखिएको हो ।’
कम्पनीले महेन्द्रनगरबाटै खरिद गरीएको धानबाट उत्पादन गरीएको मोटो चामल नै गोदाममा राखिएको हो भने मसिनो चामल अन्यबाट किनेर सहुलियत दरमा बिक्रि गरीरहेको सूचना अधिकारी चन्दले बताए ।
