×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ मन्दिर सरक्षण समितिले २१ असोज(मंगलबार)देखि धार्मिक महामहोत्सव संचालन हुने भएको हो ।
धार्मिक महामहोेत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । सिद्धनाथ मन्दिर सरक्षण समितिका अध्यक्ष गोरख पुजाराले महायज्ञको सबै तयारी अघि बढाएको बताए । अध्यक्ष पुजाराले मन्दिरको चौतर्फि बृद्धि विकासका लागि महायज्ञ आयोजना गरिएको बताए । ‘हामीले मन्दिरलाई धार्मिक पर्यटकीय स्थल बनाउन खोजेका छौँ, ‘उनले भने, ‘यसका लागि धार्मिक महोत्सव गर्न खोजेका हौँ ।’
मन्दिरमा स्तरिय संतसंग भवन निर्माण गरेर दर्शनार्थीहरुका लागि सुविधा बनाउने संकल्प रहेको बताए । पहिलो दिन स्थानीय सहित विद्यार्थीको उपस्थितिमा कलस यात्रा गरिनेछ ।


बिराट धनधान्य महापर्व, पितृमुक्तिको पुजा, श्रीमद् भागवत कथा प्रवचन, गौदान, रुद्री पाठ, तुलादान, भूमिदान, चौरासी पुजा, ग्रहशान्ति, लाख बत्ति प्रज्वलन, महालक्ष्मीको पुजा विवाह सहित राष्ट्रिय कलाबारबाट संगितमय भजनकृतन कार्यक्रम गरिनेछ ।
नेपाल प्रहरीका पुर्व अतिरिक्त महानिरीक्षक(एआईजी) समेत रहेका समाजसेवी दिपेन्द्र विष्टको प्रमुख आथित्यमा उद्घाटन गरिने कार्यक्रम रहेको छ । संकल्पकर्ता ईश्वर शरण महाराजले आध्यात्मिक भक्ति मार्गमा माध्यामबाट सिकाई अभिबृद्धि गर्दै समाजलाई एकताबद्ध बनाउने बताए । उनले मनमा शान्ति ईश्वरीय प्राथनाका साथ अघि बढ्नुपर्ने बताए ।
धुम्रपान निषेधका अभियन्ता मदन बहादुर चन्दले धार्मिक महायज्ञ जस्ता कार्यक्रमबाट समाज सुधारोन्मुख कार्यक्रम अघि बढाउनुपर्नेमा जोडदिए । गाँउमा महायज्ञ संचालन हुने भएपछि स्थानीय समेत उत्साहित भएका छन । २८ असोजसम्मै सचालन हुने महायज्ञमा हजारौँ दर्शनार्थीले अवलोकन गर्ने कार्यक्रम रहेको जनाएको छ । महायज्ञमा सहभागिताका लागि आयोजकले सर्वसाधारणमा अपिल गरेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज