×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर जेसीजको आथित्यमा क्षेत्र(घ) सम्मेलन हुन लागेको हो । जिल्ला मुकाम महेन्द्रनगरमा हुने उक्त सम्मेलनको तयारी पुरा भएको आयोजकले बिहिबार पत्रकारसम्मेलनमार्फत जानकारी दिएको छ । सम्मेलनको समुद्धघाटन सुदूरपश्चिम विश्वविद्यालयका उपमुलपति डा. हेमराज पन्तको प्रमुख आथित्यमा हुने आयोजकले जनाएको छ । महेन्द्रनगर जेसिजका पुर्व अध्यक्ष एव सम्मेलनका महासचिव हरिश भट्टले ममताज पाटी पैलेशमा बिहान ११बजेदेखि औपचारिक रुपमा उद्घाटन हुने बताए । महेन्द्रनगर जेसिज बर्ष ०२५ का अध्यक्ष राजेन्द्र प्रशाद अवस्थीले मञ्च व्यवस्थापनदेखिका सबै तयारी पुरा भएको बताएका छन् ।
नारायण नदी पश्चिम नेपालको भुगोल लक्षित गरेर दोस्रो पटक राष्ट्रिय सम्मेलन हुन लागेको हो । यस अघि ०१५मा ४२औँ राष्ट्रिय महाधिवेशन महेन्द्रनगरमै गरिएको थियो । अवस्थीका अनुसार महेन्द्रनगर जेसीज स्थापना भएको झण्डै चार दशक अर्थात ३८औँ बर्षमा फेरी जेसीजका ५८ शाखाका प्रतिनिधी, नेपाल जेसीजका राष्ट्रिय पदाधिकारी, पुर्व पदाधिकारी सहित गरेर सयौँको सहभागितामा यस पटक पनि क्षेत्रीय सम्मेलन हुन लागेको छ ।
अध्यक्ष अवस्थीले सम्मेलनको उद्घाटन समारोहपछि विभिन्न समुह बनाएर नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिने बताए । ‘विभिन्न जिल्लाबाट आएका अतिथिहरुलाई कञ्चनपुरका प्रसिद्ध पर्यटकीय गन्तव्यको भ्रमण गराईनेछ, ‘उनले भने, ‘यसबाट सुदूरपश्चिमको आन्तरिक पर्याटन प्रर्बद्धन हुनेछ ।’ ४० बर्षमुनीका दुई प्रतिभावान युवाहरुलाई सम्मान गरिनेछ । सम्मेलनका लागि १ करोड बढी खर्च हुने र ३ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । सम्मेलनबाट जिल्लाको धार्मिक, ऐतिहासिक पर्यटकीय साँस्कृति गन्तव्यको पहिचान गराएर आगामी १० बर्षसम्म अधिकतम पर्यटक भित्र्रिने आधार तय हुनेछ ।
युवाहरुविच अनुभव सीप अनुभव आदान प्रदान, रैथाने उत्पादनदेखि उद्यमीलाई प्रर्बद्धन गर्ने, कला संस्कृति, विनिमय प्रर्बद्धन हुने अपेक्षा राखिएको छ । नेपाल जेसिजका कार्यकारी उपाध्यक्ष सौरब श्रेष्ठले देशभर चार क्षेत्र रहेको र अन्य क्षेत्रहरुमा क्रमिक रुपमा सम्मेलन भएकाले अहिले ‘घ’मा भएको बताए । देशभरका १४८शाखा मध्ये अधिकाँस सहभागिता हुने बताए ।
जेसीज महेन्द्रनगरका पुर्व अध्यक्ष एव सम्मेलन निर्देशक कृष्ण प्रशाद पाठकले देशको विषम परिस्थितिमा पनि कार्यक्रम संचालन हुन लागेको बताए । सम्मेलनबाट यस क्षेत्रमा ओझेलमा रहेको सिटीहल संचालनदेखिका अन्य सम्भावना अघि बढाउने बताए । उनले आर्थिक सम्बृद्धिका लागि आन्तरिक पर्यापर्यटनदेखि युवाको सीप समेत महत्वपूर्ण हुने भएकाले सम्मेलनले थुप्रै क्षेत्रमा आयाम बढाउने बताए । दुईदिनसम्म सचालन हुने सम्मेलनमा यस क्षेत्रकोे पर्यटकीय एव आर्थिक क्षेत्रको बृद्धि विकास अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज