Advertisement

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

Advertisement
कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर जेसीजको आथित्यमा क्षेत्र(घ) सम्मेलन हुन लागेको हो । जिल्ला मुकाम महेन्द्रनगरमा हुने उक्त सम्मेलनको तयारी पुरा भएको आयोजकले बिहिबार पत्रकारसम्मेलनमार्फत जानकारी दिएको छ । सम्मेलनको समुद्धघाटन सुदूरपश्चिम विश्वविद्यालयका उपमुलपति डा. हेमराज पन्तको प्रमुख आथित्यमा हुने आयोजकले जनाएको छ । महेन्द्रनगर जेसिजका पुर्व अध्यक्ष एव सम्मेलनका महासचिव हरिश भट्टले ममताज पाटी पैलेशमा बिहान ११बजेदेखि औपचारिक रुपमा उद्घाटन हुने बताए । महेन्द्रनगर जेसिज बर्ष ०२५ का अध्यक्ष राजेन्द्र प्रशाद अवस्थीले मञ्च व्यवस्थापनदेखिका सबै तयारी पुरा भएको बताएका छन् ।
नारायण नदी पश्चिम नेपालको भुगोल लक्षित गरेर दोस्रो पटक राष्ट्रिय सम्मेलन हुन लागेको हो । यस अघि ०१५मा ४२औँ राष्ट्रिय महाधिवेशन महेन्द्रनगरमै गरिएको थियो । अवस्थीका अनुसार महेन्द्रनगर जेसीज स्थापना भएको झण्डै चार दशक अर्थात ३८औँ बर्षमा फेरी जेसीजका ५८ शाखाका प्रतिनिधी, नेपाल जेसीजका राष्ट्रिय पदाधिकारी, पुर्व पदाधिकारी सहित गरेर सयौँको सहभागितामा यस पटक पनि क्षेत्रीय सम्मेलन हुन लागेको छ ।
अध्यक्ष अवस्थीले सम्मेलनको उद्घाटन समारोहपछि विभिन्न समुह बनाएर नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिने बताए । ‘विभिन्न जिल्लाबाट आएका अतिथिहरुलाई कञ्चनपुरका प्रसिद्ध पर्यटकीय गन्तव्यको भ्रमण गराईनेछ, ‘उनले भने, ‘यसबाट सुदूरपश्चिमको आन्तरिक पर्याटन प्रर्बद्धन हुनेछ ।’ ४० बर्षमुनीका दुई प्रतिभावान युवाहरुलाई सम्मान गरिनेछ । सम्मेलनका लागि १ करोड बढी खर्च हुने र ३ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । सम्मेलनबाट जिल्लाको धार्मिक, ऐतिहासिक पर्यटकीय साँस्कृति गन्तव्यको पहिचान गराएर आगामी १० बर्षसम्म अधिकतम पर्यटक भित्र्रिने आधार तय हुनेछ ।
युवाहरुविच अनुभव सीप अनुभव आदान प्रदान, रैथाने उत्पादनदेखि उद्यमीलाई प्रर्बद्धन गर्ने, कला संस्कृति, विनिमय प्रर्बद्धन हुने अपेक्षा राखिएको छ । नेपाल जेसिजका कार्यकारी उपाध्यक्ष सौरब श्रेष्ठले देशभर चार क्षेत्र रहेको र अन्य क्षेत्रहरुमा क्रमिक रुपमा सम्मेलन भएकाले अहिले ‘घ’मा भएको बताए । देशभरका १४८शाखा मध्ये अधिकाँस सहभागिता हुने बताए ।
जेसीज महेन्द्रनगरका पुर्व अध्यक्ष एव सम्मेलन निर्देशक कृष्ण प्रशाद पाठकले देशको विषम परिस्थितिमा पनि कार्यक्रम संचालन हुन लागेको बताए । सम्मेलनबाट यस क्षेत्रमा ओझेलमा रहेको सिटीहल संचालनदेखिका अन्य सम्भावना अघि बढाउने बताए । उनले आर्थिक सम्बृद्धिका लागि आन्तरिक पर्यापर्यटनदेखि युवाको सीप समेत महत्वपूर्ण हुने भएकाले सम्मेलनले थुप्रै क्षेत्रमा आयाम बढाउने बताए । दुईदिनसम्म सचालन हुने सम्मेलनमा यस क्षेत्रकोे पर्यटकीय एव आर्थिक क्षेत्रको बृद्धि विकास अपेक्षा गरिएको छ ।
Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)को १२ बुदे ज्ञापन पत्र, ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम

महेन्द्रनगर – महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले १२ बुदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । महाकाली प्राद...

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च

कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरकी उपप्रमुख निमल लेखकले बिरामी पत्रकार रवि विवशलाई उपचार खर्च सहयोग गरेकी छिन । केहीदिनदेखि महाकाली...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज