Advertisement

स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय ‘बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी’ सुरु

Advertisement
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय ‘बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी’ सुरु भएको छ । बुधबार स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा आर्थिक बर्ष २०८१/०८२ मा सम्पादित कार्यक्रमहरुको जिल्ला स्तरीय ‘बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी’ सुरु भएको हो । बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी दुई दिन सम्म चल्नेछ । बुधबार उक्त गोष्ठीको औपचारीकरुपमा समुद्धघाटन गरीएको छ । गोष्ठीमा आर्थिक बर्ष २०८१/०८२ मा जिल्लाका नौ वटै पालिका, महाकाली प्रादेशिक अस्पताल, महाकाली आयुर्वेद औषधालय र दातृ निकायहरुले सम्पादन गरेका स्वास्थ्य कार्यक्रमहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्ने, पालिकाहरुले पाएको लक्ष्य प्राप्त ग¥यो कि गरेन बार्षिकरुपमा मूल्यांक तथा समीक्षा गरीने समुद्धघाटन कार्यक्रमको अध्यक्षता समेत गरेका स्वास्थ्य कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख नरेन्द्र सिंह रावलले बताए । ‘कार्यक्रमका सबै पालिकाको प्रगति प्रतिवेदन प्रस्तुती गरीनेछ,’ उनले भने दिएको लक्ष्य मिट गरे÷नगरेको समीक्षा गछौ र आगामी बर्षको लागि लक्ष्य निर्धारण गछौ ।’
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले खोप छुटेको व्यक्तिले कहि न कहिबाट लगाएको होला भनेर ईन्सियर नहुन आग्रह गर्दै गोष्ठीबाट अर्को बर्षको लागि राम्रो योजना तर्जुमाका लागि शुभकामना दिए । ‘स्वास्थ्य क्षेत्रको अभिलेख अनुसार ९९ प्रतिशत मानिसले खोप लगायो १ प्रतिशत मात्रै खोप लगाउन छुटे तर जसलाई खोप लगाउन छुटायौ उसको जीवनका लागि त १०० प्रतिशत खोप छुटेको हो, त्यसैले खोप छुटेको व्यक्तिलाई अन्य माध्यमबाट खोप लगाएको भनेर ईन्सियर नहुनुस,’ उनले भने, ‘नेपालले खोप र स्वास्थ्यमा छलाङ मारेकै हो तर अझ धेरै गर्न बाकी नै छ । अर्को बर्षको योजना तर्जुमा राम्रो बनोस शुभकामना व्यक्त गर्दछु ।’
स्वास्थ्य क्षेत्रमा सामाजिक बजारीकरण आवश्यक रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य तालिम केन्द्रका महानिर्देशक नरेन्द्र कार्कीले बताए । ‘हाम्रो यहा विडम्बना के छ भने स्वास्थ्य सेवा छ तर सेवाग्राही छैन, सेवा कसका लागि किन ? भन्ने प्रश्न खडा भएको छ,’ उनले भने, ‘त्यस कारण सामाजिक बजारीकरण गर्न आवश्यक छ, स्वास्थ्य सेवा ग्राहीलाई विश्वासमा लिन आवश्यक छ ।’
बजेट बनाउदा जम्मै बजेट भवन निर्माण लगायतमा लगाउने तर गुणस्तरीय सेवा प्राप्त भएन भनेर नहुने उनले बताए । गुणस्तरीय सेवा प्राप्त गर्नका लागि मानव संसाधनमा लगानि गर्नुपर्नेमा उनले जोड दिए ।
मानव स्वास्थ्यमा साना कुराले पनि प्रभाव पार्ने भएकाले तथ्य र अनुसन्धानमा आधारीत विषयमा ख्याल गर्नुपर्नेमा जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहराले जोड दिए । कार्यक्रमको समन्वय सिद्धराज भट्टले गरेका थिए ।
गोष्ठिको पहिलो दिन कष्णपुर नगरपालिकाको तर्फबाट रतन सिंह विष्ट, दोधारा चादनी नगरपालिकाको तर्फबाट जय बहादुर महरा, पुनर्वास नगरपालिकाको तर्फबाट राम बहादुर धामी, बेदकोट नगरपालिकाको तर्फबाट हरिसा पाल, महाकाली प्रादेशिक अस्पतालको तर्फबाट डा. अर्जुन भट्ट, महाकाली आयुर्वेदिक औषधालयको तर्फबाट डा. सूर्य उपाध्यय, बेलौरी नगरपालिकाको तर्फबाट जय सिंह बोहरा र भीमदत्त नगरपालिकाको तर्फबाट प्रकाश रावलले प्रस्तुतिकरण गरेका छन् ।
दोस्रो दिन शुक्लाफाटा नपा, बेलडाँडी गापा, लालझाडी गापा, दातृ निकायहरुको प्रस्तुतिकरण गरीने कार्यक्रम रहेको छ । भने खुल्ला छलफल र भावी योजना तर्जुमा तथा सम्मान पत्र वितरणसहित गोष्ठी समापन गरीनेछ ।
Advertisement

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

राजनीतिक निकासा बिना कुनै पनि आन्दोलन स्थगित नहुने, सुमना श्रेष्ठ

महेन्द्रनगर पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बताएकी छन्। उनले पुराना दल...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाल...
मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

मन्त्र अस्पतालमा स्त्रीरोग विशेषज्ञदेखि बालरोग विशेषज्ञ सेवा थप

महेन्द्रनगर – मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेक...
बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले मानसिक अवस्था कमजोर भएका दुई जना महिलाको उद्धार गरेकी छन्...
शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र ‘घ’सम्मेलन हुदै

कञ्चनपुर – शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर ज...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको ...
तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउको एक मन्दिरमा धार्मिक महामहोत्सव संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरको सिद्धनाथ म...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गर्दै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गर्दै

कञ्चनपुर महेन्द्रनगर–खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गरीरहेको छ । खाद्य व्यवस्थ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज