महेन्द्रनगर–कञ्चनपुर जिल्लामा पर्यटकिय स्थलको लागि चर्चित पोखरी कटेजमा साँस्कृतिक साँझ कार्यक्रमको आयोजना गरिने भएको छ । राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिमको आयोजना एव राष्ट्रिय संगीतकर्मी संघकै केन्द्रिय सदस्य तथा सुप प्रदेश इन्चार्ज ऐन बहादुर दौल्यालको प्रायोजनमा कार्तिक १९ गते बुधबार बेदकोट नगरपालिका ७ सुडामा रहेको पोखरी कटेजमा साँस्कृतिक साँझ कार्यक्रम हुने भएको हो ।
कार्यक्रममा राष्ट्रिय कलाकार टेक विसि लगायत स्थानीय स्तरका कलाकारहरुको प्रस्तुति रहने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । देशको पछिल्लो राजनितिक अवस्थाले मानिसहरुमा नैराश्यता र चिन्ता बढाएकोले मनोवल, आत्मवल बढाउन, समाजमा पछाडि परेका मानिसहरुलाई सघाउन र सामाजिक कार्य गर्न बृहत सास्कृतिक कार्यक्रमको आयोजना गरीएको आयोजनकले जनाएको छ । साथै ‘आन्तरिक पर्यटन प्रर्बद्धन, कला संस्कृतिको सम्ब्रद्धन’ गर्ने उदेश्यका साथ कार्यक्रम राखिएको उनीहरुको दावी छ । राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष निल गगन रोशन सिहले बृहत साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताए । कञ्चनपुर जिल्लाको पर्यटकीय गन्तव्य रहेको पोखरी कटेजमा पहिलो पटक संघले बृहद साँस्कृतिक कार्यक्रम गर्न लागेको उनले बताए ।
उनले कार्यक्रममा स्थानीय कलाकारहरुलाई प्रर्बद्धन गर्न उनीहरुकै कला प्रस्तुत गरिने बताएका छन् । देउडा गायक तेज बोहरा, सरोज रोकाया, गायिका कान्ति गिरी, निर्मला भण्डारी, मिना बुढा, भगवती रावत, निशा रावल, सरस्वती भट्टराई, हास्य कलाकार सुरेन्द्र संगम, दिर्घ शाही, मोडल अनु खड्का, सरस्वती धामी, आरती शाह, पुजा धामी, जानसी सिनाल, डान्सर प्रेम एसकेको धमाधेदार प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन् । उक्त कार्यक्रमको उद्धघोषण गुणाकर पनेरु र अनिता धामीले गर्नेछन् । उक्त बृहद साँस्कृतिक कार्यक्रमका सहव्यवस्थापक रन पालले बुधबार दिउँसो २ बजेदेखि साझ ९ बजेसम्म साँस्कृतिक कार्यक्रम संचालन हुने बताए । पालका अनुसार सर्वसाधरणका लागि एक सय रुपया र विद्यार्थीहरुका लागि ५० रुपया प्रवेश शुल्क तोकिएको छ ।
एक दिने बृहद साँस्कृतिक कार्यक्रममा सहभागिताका लागि आयोजकले आब्हान गरेको छ ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।