महेन्द्रनगर–कञ्चनपुर जिल्लाको बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले मानसिक अवस्था कमजोर भएका दुई जना महिलाको उद्धार गरेकी छन् । बेलडाँडी गाउपालिका वडा नं. २ का क्षमा विक र सरस्वती साउदको उद्धार गरी धनगढी उपमहानगरपालिका १३ स्थित दृष्टिविहिन फाउण्डेसनको जिम्मा लगाएकी हुन् । सामानिजक सेवामा व्यस्त गाँउपालिका उपाध्यक्ष नाथले सराहनिय कार्य गरेकि छनु ।
लामो समयदेखि मानसिक समस्याको सिकार भएका क्षमा विक र सरस्वती साउदको सडकबाटै उद्धार गरी पालिकाको एम्बुलेन्समार्फत दृष्ट्रिविहिन फाउण्डेसनमा बुझाईएको उपाध्यक्ष नाथले बताईन् । उद्धार गरीएका दुबै जना मानसिक अस्वस्थ्यताको कारण सडकमै खाने र सडकमै सुत्ने गरेका थिए । सडकको नरक जीवन जीईरहेका उनीहरुलाई नयाँ जीवन दिनका लागि उद्धार गरी दुष्ट्रिविहिन फाउण्डेसनमा बुझाईएको उपाध्यक्ष नाथले बताईन् । उपाध्यक्ष नाथका अनुसार क्षमा विकका दुई छोरा छन भने निर्मला साउदको एक छोरी छन् ।
धेरै राम्रो कार्य गरेको भन्दै स्थानियले उपाध्यक्ष नाथलाई धन्यवाद दिईरहेका छन् । पुरुषहरुका कारण हुने महिलामाथिको हिंसाका कारण महलिाहरु डिप्रेसनमा जाने कुरा उल्लेख गर्दै मानसिक अवस्था कमजोर भएका महिला तथा बालवालिकाहरुका लागि काम गरीरहेको दृष्ट्रिफाउण्डेसनका लागि कञ्चनपुर र कैलालीका सवै स्थानिय तहले आर्थिक सहयोग गर्नुपर्ने बताए ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।