महेन्द्रनगर । नेकपा (एमाले) जिल्ला कार्यसमिति कन्चनपुरले नेपाल पत्रकार महासंघ कन्चनपुरका अध्यक्ष सुरेश सिह धामीको उपचारका लागि आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ । शनिबार पार्टीको महेन्द्रनगर स्थित कार्यालयमा बसेको ७ औं बैठकले पत्रकार महासंघ कंचनपुरका अध्यक्ष धामीको उपचारका लागि ५० हजार रुपैया आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
पार्टीले गम्भीर बिरामी भई काठमाडौमा उपचाररत रहेका धामीलाई उपचारमा सहयोग गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको प्रेस चौतारी नेपाल,कन्चनपुरका अध्यक्ष मदन गिरीले बताए ।
पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामी केही समयदेखि काठमाण्डौँ स्थित काठमाण्डौँ मेडिकल कलेज सिनामंगलमा उपचारारत छन । धामीको पाचन प्रणाली संग सम्बन्धी ग्रन्थी(प्याङक्रियाज)मा ट्युमर फेला परेपछि पहिलो चरणको सल्यकृया भएको र दोस्रो चरणका लागि अर्को अस्पताल एव थप खर्च लाग्ने भएपछि उपचार खर्च अभाव भएपछि आर्थिक सहयोग गर्ने निर्णय भएको नेकपा एमाले कन्चनपुरका उपाध्यक्ष जनकराज अवस्थीले जानकारी दिए ।
यसैगरी भाद्र २३/२४ गते जेन्जीको आन्दोलनका नाममा भएको जनधनको क्षति र त्यसपछि उत्पन्न परिस्थिति बारे पार्टी केन्द्रीय कमिटीको निस्कर्ष र निर्णयलाई सम्पूर्ण पार्टी पंक्ति र आम जनताको बिचमा लैजान २२ गते देखि सबै वडामा जन परिचालनका कार्यक्रम सम्पन्न गर्ने र त्यसकालागी वडाइन्चार्ज र वडा कमिटी लाई आवश्यक निर्देशन गरिएको पनि भएको नेकपा एमाले कन्चनपुरका उपाध्यक्ष जनकराज अवस्थीले जानकारी दिए ।
साथै, कार्तिक २५ गते सबै पालिकामा जन प्रदर्शन गर्ने , कर्तिक २९ गते जिल्ला सदरमुकामा जन प्रदर्शन गर्ने, भाद्र २४ गते पार्टी कार्यालयमा आगजनी गर्ने हरुलाई हालसम्म राज्यले पक्राउ गरि कार्वाही नगरेकोले आगजनी गर्ने प्रमुख ब्यक्तिहरुको नाममा किटानी जाहेरी दिई यथासिघ्र कार्वाहीको माग गर्ने, आगजनी गरिएको कार्यालयको मर्मत सम्भार सम्पन्न गर्ने, पत्रकार महासन कंचनपुरका अध्यक्ष धामीको उपचारमा आर्थिक सहयोग गर्ने लगायतका महत्वपूर्ण निर्णय गरिएको उपाध्यक्ष
अवस्थिले बताए ū
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।