‘एलबिए फेष्ट २०८२’ भव्यताका साथ सम्पन्न, फेष्टमा ६ सय विज्ञान तथा कला प्रर्दशनी र ३५ वटा फुड स्टल

प्रकाशित:

कञ्चनपुर – सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध एकेडेमीले आयोजना गरेको महोत्सव सम्पन्न भएको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको लिटिल बुद्ध एकेडेमीले ‘एलबिए फेष्ट ०८२’ भव्यताका साथ सम्पन्न गरेको हो । विद्यार्थीहरूको सिर्जनात्मकता, क्षमता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ‘एलबिए फेष्ट ०८२’ मा विद्यार्थीहरुले विभिन्न विधाका प्रदर्शनीहरू प्रस्तुत गरेका छन् । त्यसैगरी एलबिए फेष्टमा कला, विज्ञान, हस्तकला, तथा विभिन्न परिकारहरूको फुड स्टल राखेका छन । फेष्टमा विद्यार्थीहरुले सामुहिकरुपमा लगानी गरी व्यपार व्यवसाय गरेका छन् । उनीहरुले फुड स्टलबाट भएको आम्दानीको २५ प्रतिशत बाल अनाथालयमा दान गर्ने योजना रहेको बताए ।
कक्षागतरुपमा सामुहिक लगानी गरीएका फुडस्टलहरुले अभिभावकहरुलाई आकर्षण गरेको थियो । फेष्टमा ३५ वटा विभिन्न परिकारका खाद्य स्टलहरु र ६ सय वटा विज्ञान तथा कला प्रदर्शनीहरु राखिएका थिए । विद्यार्थीहरुले विभिन्न कलासंस्कृति झल्कीने कला प्रस्तुत गरेका थिए ।
प्रर्दशनीको उद्धघाटन गदैँ सुदूरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले फेष्टले विद्यार्थीको अतिरिक्त क्षमता विकासमा सहयोग पुग्ने बताए । कार्यक्रमका प्रमुख अथिति समेत रहेका पुर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलले विज्ञान कला प्रदर्शनी, खाद्य महोत्सव र सांस्कृतिक प्रस्तुतीको मिश्रणले युवा विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभा प्रष्फुटन हुने उल्लेख गर्दै नवप्रवर्तनको रचनात्मकता प्रयोगले आविष्कार र अन्वेषण गर्न विद्यार्थीहरुलाई प्रेरित गर्ने बताए ।
फेष्टले विद्यार्थीको अन्तरनिहित सीप तथा क्षमताको विकाससँगै नवीन सोच र प्रस्तुतीकरण क्षमताको विकासमा महत्वपूर्ण योगदान पु¥याउने एलविएका प्रिन्सिपल श्याम सिंह मौनीले बताए । उनका अनुसार विद्यार्थीको रुचि अनुसार सबैलाई प्रदशनीमा सहभागी गराईएको छ ।
‘एलवि ए फेष्ट २०८२’ मा विद्यार्थीहरुको प्रर्दशनीमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक गरि तिनै तहका सबै विधामा उत्कृष्ट प्रदर्शनी गर्ने विद्यार्थीहरुलाई उचित पुरुस्कारको समेत व्यवस्था गरिएको वताउदै कुनै पनि विद्यार्थी लाई नछुटाउने गरि कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल मौनीले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र सिह खत्रीको अध्यक्षतामा भएको ‘विज्ञान प्रदर्शनी, कला प्रदर्शनी, खाद्य मेला र विविध सास्कृतिक कार्यक्रमहरुको प्रदशनीमा हजारौँ विद्यार्थी, अभिभावक, सहितका सरोकारवाला सहभागि थिए ।
उक्त कार्यक्रम गरेपछि अभिभाक समेत उत्साहित भएका छन । आधारभूत स्तरमा अध्ययनरत विद्यार्थीहरुले समेत प्रेरणा पाउने र भविष्यमा गुणस्तरिय र जिवनोपयोगी शिक्षा पाउने अभिभावकहरुको अपेक्षा रहेको छ । एलविएमा हाल दुई हजार छ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । एलविएले विगत पाँच बर्षदेखि एलबिए फेष्ट मनाउदै आएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार