महेन्द्रनगर–कञ्चनपुर जिल्लामा रहेको मेगा सहकारी उत्कृष्ठ बचत तथा ऋण कारोवार गर्ने संस्थाकोरुपमा सम्मानित भएको छ । राष्ट्रिय सहकारी बैकले २२औ बार्षिक साधारण सभाको अवसरमा भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सुदूरपश्चिम प्रदेशमै बचत तथा ऋण कारोवार गर्ने संस्थाहरुमध्ये उत्कृष्ठ बचत तथा ऋण कारोवार गरेको भन्दै सम्मान पत्रका साथै पुरस्कृत गरेको हो ।
मेघा बचत तथा ऋण सहकारीले सहकारीको विकास प्रर्बद्धन, समाजिक क्षेत्रमा योगदान पु¥याएको राष्ट्रिय सहकारी बैकले जनाएको छ । कार्यक्रममा सहकारी बैंकका सचालक तारा गुरुङ्गले मेगा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत शुनिल सेट्टीलाई पुरस्कारका साथै सम्मान पत्र हस्तान्तरण गरेका थिए । मेगा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत शुशिल सेट्टीले राष्ट्रिय सहकारी बंंैकबाट गरिएको मुल्याङकनको उच्च कदर गर्दै आगामी दिनहरुमा समेत सहकारीको बृद्धि विकासका कार्यक्रममा लाग्ने प्रतिबद्धता जाहेर गरेका छन ।
सम्मान पत्रमा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बन्द्री कुमार गुरागाई, सम्मान पुरस्कार कार्यदल संयोजक विजय धिताल र अध्यक्ष महेन्द्र कुमार गिरीद्धारा हस्ताक्षरित गरिएको उक्त सम्मान पुरस्कार पत्रमा आगामी दिनहरुमा समेत सहकारीले समग्र आर्थिक क्षेत्र, साँस्कृतिक एव समाजिक विकासमा टेवा पु¥याउन अपेक्षाका साथै हार्दिक बधाई ज्ञापन गरेको छ । कञ्चनपुरको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको मेगा सहकारीले जिल्लाको बेलौरी, झलारी, ब्रह्मदेव, दोधाराचाँदनीमा र कैलाली जिल्लाको अत्तरीया र धनगढीमा सेवाकेन्द्रमार्फत वित्तिय कारोवार गर्दै आईरहेको छ । मेगा सहकारीले ग्रामिण भेगमा रहेका निमुखा जनतालाई वित्तिय सेवा प्रदान गर्नुका साथै आर्थिकरुपमा समृद्ध बनाईरहेको छ ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।