नेभ्लाको ३६औँ स्थापना दिवस तथा कञ्चनपुर जिल्लाको ११औँ जिल्ला अधिवेशन सम्पन्न

प्रकाशित:

महेन्द्रनगर– नेपाल पाराभेटेरिनरी एण्ड लाईभष्टक एशोसिएसन(नेभ्ला)को ३६औ स्थापना दिवस तथा कञ्चनपुर जिल्लाको ११औ जिल्ला अधिबेशन सम्पन्न भएको छ ।
नेभ्ला कञ्चनपुरका निवर्तमान अध्यक्ष तेजराज जोशीको अध्यक्षता र नेभ्लाका केन्द्रिय सचिव एवं भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगरका कार्यालय प्रमुख पशु विकास निर्देशक श्याम सिंह खड्काको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो ।

 

अधिबेशनमा नेभ्लाका संस्थापक तथा केन्द्रिय सल्लाहकार डा. पदमराज कलौनी, नेभ्ला सस्थापक शंकरदत्त जोशी, केन्द्रिय सदस्य टेक बहादुर चन्द विशिष्ट अतिथि रहेका थिए भने अतिथिमा नेभ्ला सुदूरपश्चिम प्रदेश अतिरिक्त विभाग प्रमुख दिपक राज भट्ट, नेभ्ला पुर्व अध्यक्ष राम प्रसाद भट्ट, नेभ्ला प्रदेश सदस्य लक्ष्मी भट्ट, अर्जुन कार्की, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकायालगायतका अतिथि रहेका थिए । अधिबेसनबाट पूर्व अध्यक्षसमेत रहेका धर्मराज जोशीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको छ ।
कार्यसमितिको उपाध्यक्षमा धिरेन्द्र कु दुङ्गाल, धनीराम चौधरी, सचिवमा हिरेन्द्र राना, कोषाध्यक्षमा भुपेन्द्र प्रसाद भट्ट निविरोध चयन भएका छन् । त्यसैगरी सदस्यमा दुयोधन कुवर, नविन बडु, मनोज विष्ट, सुरज कार्की, टिकेन्द्र रावल चयन भएका छन् ।
अधिबेसनबाट पौषको ९ देखि ११ गतेसम्म हुने ११औ महाधिबेसनकालागि केन्द्रिय प्रतिनिधि समेत तोकेको छ । त्यसैगरी नेभ्लाको २६औ स्थापना दिवस को अवसरमा रौटेलास्थीत बैजनाथ धाम तथा बृद्धाश्रममा रहेका बृद्धबृद्धा आमाबुबालाई फलफुल वितरण गरीएको छ । बृद्धाश्रममा ७ जना पुरुष र १५ जना महिला गरी २१ जनाले आश्रय लिईरहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि एवं नेभ्लाका केन्द्रिय सचिव श्याम सिंह खड्काले नेभ्लाले भेटनरी क्षेत्रका प्राविधिकहरुको हकहितको संरक्षणका लागि काम गर्दै आईरहेको स्मरण गर्दै पाराभेटेरिनियनहरुले गर्ने कार्यहरुको बैधताकालागि कानुनी लडाई अझै बाकी रहेको बताए । भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगरका कार्यालय प्रमुख समेत रहेका सचिव खड्काले पाराभेटिरियनहरुले पशुहरुको कृतिम गर्भाधान गर्न कानुनले दिएको अधिकार भएकाले कसैले लाईसेन्स लिनुस भन्दैमा लिनु नपर्ने बताए । त्यसैगरी नेभ्लाका सस्थापक एवं केन्द्रिय सल्लाहकार डा पदमराज कलौनीले पेशागत संगठनका हिसावले नेभ्ला ईष्टकुल देवताका रुपमा मान्नुपर्ने बताए । उनले नेभ्लालाई नेतृत्व विकास गर्ने थलो भएको बताए । नेपालमा रहेका अन्य ६/७ ट्रेड युनियन अहिले नेभ्लाबाटै निखारिएर गएका व्यक्तित्वहरुले हाकिरहेको बताए ।
त्यसैगरी नेभ्लाका संस्थापक शंकरदत्त जोशीले विगतमा नेभ्लाको अधिबेसन हुदा सानै फरकै हुने गरेको स्मरण गर्दै संस्थालाई म हामी भन्दा पनि संस्थागतरुपमा मनन गर्दै संस्थाको सवा्ैपरि हुनेगरी चल्नुपर्ने सल्लाह दिए ।
कार्यक्रममा अग्रजका रुपमा संस्थापक डा. पदमराज कलौनी र केन्द्रिय सचिव श्यामसिंह खड्कालाई दोसल्ला ओडाएर सम्मान गरीएको थियो ।

 

ताजा समाचार

सम्बन्धित समाचार