महेन्द्रनगर –महकाकाली नदीमा मंगलबार दिउँसोदेखि एक युवक बेपत्ता भएका छन् । भीमदत्त नगरपालिका १२ का रोसन दमाई(मनोज)को खोजी कार्यमा खोज तथा उद्धार सामाग्री सहित नेपाली सेना र प्रहरीको टोलीले मंगलबार राति अँध्यारोसम्म खोजिकार्य गर्दा पनि भेटिएनन् ।
खोजीका लागि सेनाको टोली बराहदल गुल्म इलाका प्रहरी कार्यालय गड्डाचौकी, सीमा सुरक्षा गुल्म गड्डाचौकी र भीमदत्त नगरपालिकाका नगर प्रहरीको टोली खटिएको थियो ।
भीनपा १२ ओदालीका २० वर्षिय दमाई मंगलबार दिउँसो महाकाली नदीको चार लेन पुल नजिकबाट नदीमा वेपत्ता भएका छन् ।
भीमदत्त नगरपालिका विपद् फोकल पर्सन मनोज भट्टले खोजी कार्यमा खटिएका सबै सुरक्षाकर्मी फिर्ता भएको जानकारी दिए ।
वेपत्ता नेपालीको खोजीका लागि सेना सहित सुरक्षा निकाय खोज तथा उद्धार सामाग्री लिएर दिउँसो महाकाली पुगेका थिए । बुधबार विहानसम्म वेपत्ता नेपाली भेटिएका छैनन् ।