कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

प्रकाशित:

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एचआईभि संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले विश्व एड्स दिवस २०२५को अवसरमा सरोकारवालासंगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालयका क्षयरोग तथा कुष्ठ रोग सपरभाईजर पंकज प्रसाद कलौनीले प्रस्तुत गरेको तथ्यांक अनुसार जिल्लाको भीमदत्त नगरपालिकामा सबैभन्दा बढि १७२ जना, दोधारा चादनी नगरपालिकामा १०६ जना, कृष्णपुर नगरपालिकामा ९८, पुनर्वास नगरपालिकामा ८९, बेदकोट नगरपालिकामा ८७ जना, शुक्लाफाँटा नगरपालिकामा ५३ जना, बेलौरी नगरपालिकामा ३४ जना, बेलडाँडी गाउँपालिकामा ३० जना र लालझाडी गाउँपालिकामा १३ जना एचआईभी संंक्रमित गरी ६ सय ८२ जना एचआईभि संक्रमित रहेका छन् ।
स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०८१÷०८२ मा जोखिमयुक्त १७ हजार ४१४ जनामा एचआईभि टेष्ट गरीएकोमा ३२ जनामा पोजिटिभ देखिएको छ । आर्थिक बर्ष २०८०÷०८१ मा २० हजार ४ जनामा टेष्ट गरीएकोमा ५७ जनामा सक्रमण पुष्टि भएको थियो भने आर्थिक बर्ष२०७९÷८० मा ३० हजार २४० जनामा टेष्ट गरीएकोमा ४२ जनामा संक्रमण पुष्टि भएको थियो । गत बर्ष १५९ जना यौन पेषा कर्मीको रगत टेष्ट गर्दा ३ जनामा एचआईभि पोजिटिभ दखिएको कुष्ठ तथा क्षयरोग सुपरभाईजर कलौनीले बताए । त्यसैगरी यौन पेषाकर्मीका १३३ जनामा टेष्ट गर्दा २ जनामा पोजिटिभ देखिएको उनले बताए । त्यसैगरी बसाई सराई गरी आएका १० हजार ८०३ जनामा टेष्ट गर्दा १०जनामा, बसाई सराई गरी आएका हरुका ५ हजार १६७ जनाको टेष्ट गर्दा ३ जनामा, ७१५ जना लागुपदार्थ प्रयोगकर्ताहरु टेष्ट गर्दा ३ जनामा, १०५ जना अल्पसंख्यकहरुमा टेष्ट गर्दा ७ जनामा, एक जना कैदीको रगत टेष्ट गरीएकोमा १ जनामा, अन्य ३३१ जनामा टेष्ट गर्दा ३ जनामा गरी ३२ जनामा एचआईभी संक्रमण भेटिएको हो ।
एचआईभि एड्सबाट गत बर्ष २०८१÷८२मा १४ जनाको ज्यान गएको छ भने आब २०८०÷८१ मा १० जनाको ज्यान गएको छ । त्यसैगरी आव २०७९÷८० मा २ जना, २०७८÷०८९मा १४ जना र २०७७÷०७८मा १४ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय कञ्चपुरको तथ्यांकले देखाएको छ । यसरी पाच बर्षको तथ्यांकलाई विष्लेषण गर्दा औषतमा बार्षिक दश जनाले एचआईभि एड्सबाट ज्यान गुमाईरहेका छन् ।
सुदूरपश्चिममा ३ हजार ७३० जना एचआईभि संक्रमितले एआरटी लिइरहेको स्वास्थ्य कार्यालयसंग तथ्यांक छ । कञ्चनपुर जिल्लामा ४५५ जना, कैलाली जिल्लामा १७४० जना, डोटीमा ४९० जना, दार्चुलामा ५० जना, डडेल्धुरामा १२५ जना, बाजुरामा ७२ जना, बझांङमा ९६ जना, बैतडीमा १३२ जना र अछाममा ५७० जनाले एचआईभिको टिटमेन्ट गराईरहेको तथ्यांकले देखाएको छ ।
कञ्चनपुर जिल्लामा २२६ जना महिला, २०२ जना पुरुष, १५ बर्षमुनिका बच्चा २० जना र यौन अल्पसंख्यक ७ जनाले एचआईभिको नियमित उपचार गराईरहेका छन् ।
सुदूरपश्चिम प्रदेशभरीमा सबैभन्दा बढि एचआईभि संक्रमित रहेको पालिका कैलालीको गोदावरी नगरपालिकामा २९१ जना एचआईभि संक्रमित रहेका छन् । सुदूरपश्चिम प्रदेशमा एचआईभि शुन्य रहेका ६ वटा पालिका रहेका छन् ।
एचआईभि एड्स सम्बन्धि कार्यक्रम संञ्चालनमा विभिन्न चुनौती रहेको कलौनीले बताए । नियमित उपचारको दायरामा नआउने, उपचारकै क्रममा भारत जाने, प्रवाहीहरुमा नियमित जाँच तथा परामर्श गर्न समस्या, नसर्ने रोगको बृद्धिले सहसंक्रमण व्यवस्थापनमा कठिनाई, केहि संक्रमितहरुलाई पोषण तथा यातायात सम्बन्धि समस्या र एकल महिला तथा बालबालिकाहरुको शैक्षिक सुधारसम्बन्धमा व्यपक चुनौति रहेको उनले बताए ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय प्रमुख दुर्गा दत्त बोहरा प्रमुख अतिथि रहेका थिए भने महाकाली प्रादेशिक अस्पतालका सुपरिटेण्डेन्स डा. अर्जुन भट्ट, लगायत एचआईभि संक्रमितको क्षेत्रमा कार्य गर्दै आईरहेका संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । “अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ” भन्ने नारासहित एड्स सम्बन्धी सचेतना प्रवर्धन गर्ने प्रभातफेरि कार्यक्रम गरीएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार