⊆
कञ्चनपुर। “विकास ! अनुशासन !! गतिशीलता !!!” तथा राष्ट्रिय खेलकुद परिषद्को मूलमन्त्र **‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’**लाई आत्मसात गर्दै कञ्चनपुरमा सम्पन्न तेस्रो इण्डो–नेपाल अन्तर्राष्ट्रिय कराँते किक–बक्सिङ प्रतियोगिता २०८२मा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक (एसपी) खड्क बहादुर खत्रीलाई विशेष सम्मान प्रदान गरिएको छ।
जापान कराँते–डो कोशीकाई सितोरियो संघ नेपाल, कञ्चनपुरद्वारा भदौ १०, ११ र १२ गते (अगस्ट २६–२८, २०२५) आयोजित प्रतियोगितामा सुरक्षा, सहयोग र समन्वयनमा एसपी खत्रीले पु–याएको योगदानको कदर गर्दै आयोजक संस्थाले ताम्रपत्र प्रदान गरेको हो।
सम्मान समारोहमा आयोजक संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलकुदले पाएको प्रतिष्ठामा खत्रीजस्ता व्यक्तिहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै, यस्ता सम्मानहरूले खेलाडीहरूको मनोबल वृद्धि हुने तथा उनीहरूलाई भविष्यका कर्णधार बन्न प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्यो। साथै समाजमा फैलिरहेको लागू औषध दुरुपयोग तथा विभिन्न सामाजिक कुरीतिहरू विरुद्ध सकारात्मक वातावरण निर्माण गर्न पनि यस्तो योगदान महत्त्वपूर्ण रहने बताइएको थियो।
प्रतियोगिताको तीन दिनभर सहज सञ्चालन, सुरक्षा व्यवस्था, भीड व्यवस्थापन तथा यातायात समन्वयमा प्रहरी प्रशासन, विशेषगरी एसपी खत्रीको भूमिका निर्णायक रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा जिल्ला कराँते संघ कञ्चनपुरका अध्यक्ष दिपेन्द्र बिष्ट, जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुवेर खड्का, नेपाल कराँतेका केन्द्रीय महासचिव तथा कराँते ग्राण्डमास्टर हन्सी अभिषेक सिंह ‘गुरु’, प्राविधिक निर्देशक हन्सी लाल दर्दा तथा प्रमुख अतिथि पूर्व उपरथी, नेपाल आर्मीका सुरेश कुमार कार्कीको उपस्थितिमा सम्मान प्रदान गरिएको थियो।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।