अत्तरियामा ठूलो परिमाणको चरेससहित चार जना पक्राउ

प्रकाशित:

कन्चन्पुर
कैलालीको अत्तरियामा प्रहरीले ठूलो परिमाणको चरेससहित चार जनालाई पक्राउ गरेको छ। प्रहरी नायव उपरीक्षक रणबहादुर चन्दको नेतृत्वमा खटिएको विशेष अपरेसन टोलीले शुक्रबार साँझ प्राप्त विशेष सूचनाको आधारमा नमस्ते अन्नपूर्ण होटल आसपास चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरूमा बझाङको छबिसपाथिभेरा–७ का २८ वर्षीय बम बहादुर धामी, छबिसपाथिभेरा–५ का ४२ वर्षीय जनक जाग्री, सुर्मा–३ का २५ वर्षीय अमृत बोहरा र दार्चुला महाकाली–२ का ५० वर्षीय रूप सिंह सितोली रहेका छन्।
उनीहरूको साथबाट ७ किलो ५०० ग्राम चरेस र एउटा डिजिटल तराजु समेत बरामद गरिएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार