बेलडाडीमा निःशुल्क आँखा शिविर: ६७८ जनाले पाए सेवा, १०४ जनाको मोतिबिन्दु निःशुल्क शल्यक्रियाको तयारी

प्रकाशित:

कंचनपुर

महेन्द्रनगर आँखा उपचारमा अग्रणी मानिने नेपाल नेत्रज्योति संघले ग्रामिण भेगमै पुगेर जनताको स्वास्थ्य सेवामा निरन्तर योगदान दिइरहेको छ। सोही क्रममा संघअन्तर्गतको नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले शनिबार कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ।
बेलडाँडी गाउँपालिकाको आयोजना र गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा कुल ६७८ जनाले आँखा जाँच तथा परामर्श सेवा प्राप्त गरेका छन्। सेवाग्राहीमध्ये ४१० जना महिला र २६८ जना पुरुष सहभागी भएका थिए।
शिविरका दौरान १०४ जना बिरामीमा मोतिबिन्दुको समस्या देखिएपछि गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको अस्पतालका वरिष्ठ नेत्र अधिकृत बीरसिह धामीले जानकारी दिए। साथै, ७ जनामा ‘मासु बढ्ने’ (Pterygium) समस्या पाइएको छ।
बेलडाँडी गाउँपालिका–०२ स्थित रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको प्राङ्गणमा भएको सो शिविरमा बाह्य कार्यक्रम संयोजक रमेशचन्द्र भट्ट, वरिष्ठ नेत्र अधिकृत बीरसिह धामीसहितको स्वास्थ्यकर्मी टोलीको सक्रिय सहभागिता रहेको थियो।
ग्रामिण भेगमै स्वास्थ्य सेवा पाउँदै हर्षित भएका स्थानीयले यस्तो पहलले विपन्न तथा स्वास्थ्य सेवा पहुँच कम भएको समुदायलाई ठूलो राहत भएको बताएका छन्। गाउँपालिका  उप प्रमुख शान्ती नाथले ग्रामिण तथा विपन्न वर्गलाई लक्षित गरी निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन शिविर आयोजना गरिएको बताए।
यसरी नजिकैमै विशेषज्ञ सेवा पाउनुले स्थानीयमा स्वास्थ्यप्रतिको चेतना बढ्दै गएको

ताजा समाचार

सम्बन्धित समाचार