मुख्यमन्त्री शाह स्वास्थ्य समस्या कारण दिल्ली प्रस्थान, उपचार खर्च व्यक्तिगत रूपमा व्यहोर्ने

प्रकाशित:

कंचनपुर
धनगढी  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह दायाँ खुट्टामा देखिएको रीढ तथा नसा सम्बन्धी गम्भीर समस्या बढेपछि थप उपचारका लागि आज बिहान भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। उहाँ धनगढीबाट स्थलमार्ग हुँदै दिल्लीतर्फ लाग्नुभएको हो।
सचिवालयका अनुसार केही दिनयता खुट्टामा उत्पन्न समस्या गम्भीर बन्दै गएपछि मुख्यमन्त्री शाहलाई हिँडडुल गर्नसमेत कठिनाइ भइरहेको थियो। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गराए पनि अपेक्षित सुधार नआएपछि उहाँ काठमाडौँ गइ उपचार लिइरहनुभएको थियो। तर, काठमाडौँमा पनि पूर्ण सुधार नदेखिएपछि चिकित्सकको सल्लाहअनुसार दिल्लीस्थित म्याक्स अस्पतालमा उपचार गराउने निर्णय गरिएको हो।
मुख्यमन्त्री शाहको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाट नभई व्यक्तिगत रूपमा आफैँले व्यहोर्ने स्पष्ट पार्दै सचिवालयले यस कदमलाई प्रधानमन्त्रीको उदाहरणीय निर्णयका रूपमा पनि उल्लेख गरेको छ।
शाह दिल्ली प्रस्थानसँगै आर्थिक मामिला मन्त्री बहादुर सिंह थापालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकिएको सचिवालयद्वारा जनाइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार