ज्योती ग्रामीण विद्युत सहकारीको १५औँ साधारण सभा सम्पन्न

प्रकाशित:

 

कंचनपुर

कञ्चनपुरको पुनर्वास नगरपालिका–१० भीमबस्ती, विकासबस्तीस्थित ज्योती ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड डी के–४ को १५औँ साधारण सभा शनिबार सम्पन्न भएको छ। सभाको अध्यक्षता संस्थाका अध्यक्ष शेरबहादुर बोहराले गर्नुभयो भने प्रमुख अतिथि नेपाल केन्द्रीय विद्युत सहकारी संस्था लिमिटेडका केन्द्रीय अध्यक्ष गोविन्दप्रसाद भट्ट रहनुभयो।

Oplus_131072

सभामा आर्थिक वर्ष २०८१/०८२ को ३२ लाख २३ हजार ७ सय ७६ रुपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गरिएको थियो। नियमित महसुल बुझाउने २८२ जना ग्राहकलाई सीएफएल चिम वितरण गरिनुका साथै लालझाडी युवा क्लब–११ लाई खेलकुद सामग्री प्रदान गरिएको थियो। कार्यक्रममा खप्तड सेवा समाजद्वारा भुँवा खेल प्रदर्शनीसमेत गरिएको थियो।

Oplus_131072

समापनमा अध्यक्ष बोहराले उपस्थित सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा कार्यालय भवन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता गर्नु भयको छ

ताजा समाचार

सम्बन्धित समाचार