कञ्चनपुर – नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन जारी रहँदा आज हुने भनिएको मतदान प्रक्रिया अन्तिम समयमा आएर स्थगित भएको छ। मतदानका लागि प्रतिनिधिहरु लाइनमा बसेकै अवस्थामा प्रक्रिया रोक्दै बुधबार बिहान ८ बजेसम्मका लागि स्थगन गरिएको हो।
मतदान किन स्थगित गरियो भन्ने विषयमा नेता कर्ण थापाले प्राविधिक कारण रहेको बताएका छन्। उनका अनुसार मतदान सुरु हुनै लाग्दा विद्युतीय भोटिङ मेसिनमा समस्या देखिएको थियो।
“मतदान आज हुन सकेन, प्राविधिक कारणले,” थापाले भने, “प्रतिनिधिहरु लाइनमा बसिसकेको अवस्था थियो। मेसिनमा उम्मेदवारको नाम अल्फाबेट अनुसार नमिलेको समस्या आएको भनेर प्राविधिकहरुले जानकारी गराएका छन्।”
उनले प्रयोग हुने मेसिनको विश्वसनीयतामाथि समेत प्रश्न उठेको उल्लेख गरे। महाधिवेशनमा कुल ८० वटा विद्युतीय मेसिन प्रयोग गरेर मतदान गर्ने तयारी गरिएको थियो।
यस महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आमनेसामने छन्। ओली लगातार तेस्रोपटक अध्यक्षमा पुनः निर्वाचित हुने रणनीतिमा देखिएका छन् भने पोखरेल ओलीलाई पराजित गर्दै नेतृत्व हात पार्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका छन्। दुवै नेताले आ–आफ्नो प्यानल तयार पारेर प्रतिस्पर्धा गरिरहेका छन्।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।