×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

बैंकको लिलाममा किर्ते र मिलेमतो खुलासा : विक परिवारको घरजग्गा हडपिएको आरोप

कञ्चनपुर
शुक्लाफाँटा नगरपालिका–१० मा बैंकको लिलाम प्रक्रियामा गम्भीर अनियमितता र किर्ते भएको तथ्य सार्वजनिक भएको छ। बैंकले लिलाम सकार गरेपछि घर–बाटो सिफारिससमेत किर्ते गरी लिएको पाइएको हो।
बैंकका कर्मचारी दिपक भट्ट स्वयं वडा कार्यालयमा उपस्थित भई विक परिवार महेन्द्रनगरमा भएकाले आउन नसक्ने बहाना बनाउँदै वडाबाट घर–बाटो सिफारिस लिएको खुलासा भएको छ। वडा अध्यक्ष लाल बहादुर ऐर ले बैंक कर्मचारी भट्टले कार्यालयलाई झुक्याएर ज्ञानु विश्वकर्माको किर्ते दस्तखत प्रयोग गरी सिफारिस लिएको पुष्टि गर्ने पत्रसमेत दिएका छन्।
विक परिवारले न्यायको खोजी थालेपछि बैंकले लिलाम प्रक्रियामा संलग्न कर्मचारीहरू हेरफेर गरेको आरोपसमेत लगाइएको छ। प्रदेश कार्यालयका छविराज जोशी र झलारी शाखाका तत्कालीन प्रमुखलाई अन्यत्र सरुवा गरिएको थियो। विक परिवारले बैंकको महेन्द्रनगर शाखाका प्रमुखसहितको मिलेमतोमा आफ्नो घर लिलाम गरिएको दाबी गर्दै उक्त कार्यमा संलग्न सबैलाई कारबाहीको माग गरेका छन्।
पीडित विकले भने,
“यो जानाजान गरिएको योजनाबद्ध कार्य हो। हाम्रो घरजग्गा हडपिएको छ, हामी न्याय चाहन्छौं।”
यता, एनएमबि बैंकको झलारीस्थित शाखाका ऋण शाखा कर्मचारीले भने सबै कागजात केन्द्रीय कार्यालयमा पठाइसकेको र शाखामा कुनै रेकर्ड नरहेको बताएका छन्। झलारी शाखाका ऋण विभागमा कार्यरत अमर विष्ट ले विकको लोन फाइल केन्द्रीय कार्यालयमै पठाएकाले शाखामा कुनै विवरण उपलब्ध नभएको जानकारी दिए।
घटनाले बैंकिङ प्रणालीभित्रको पारदर्शिता र उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठाएको छ भने पीडित परिवार न्यायको प्रतीक्षामा छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज