×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

सक्षम परियोजनाबाट कृष्णपुरका १ हजार ५८४ घरधुरी लाभान्वित

 

कञ्चनपुर, पुष १३
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा विगत चार वर्षदेखि सञ्चालनमा रहेको सक्षम परियोजना मार्फत १ हजार ५८४ घरधुरीका किसान प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। लिबर्ड संस्थाले सन् २०२२ देखि २०२५ सम्म सञ्चालन गरेको यस परियोजनाले ग्रामीण भेगका साना तथा विपन्न किसानको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याएको पाइएको छ।
कृष्णपुर नगरपालिका–१, २, ४, ५ र ९ नम्बर वडामा सञ्चालन भएको परियोजनाबाट महिला, दलित, मुक्त कमैया, अपाङ्गता भएका व्यक्ति तथा आदिवासी जनजाति समुदाय प्रत्यक्ष लाभान्वित भएका छन्। लिबर्डका कार्यक्रम अधिकृत नविन पौडेलद्वारा प्रस्तुत प्रतिवेदन अनुसार परियोजनामा १ हजार २६५ महिला र ३११ पुरुष सहभागी थिए भने १ हजार २२७ मुक्त कमैया, १६५ दलित, ६५ अपाङ्गता भएका व्यक्ति र १०८ बिटिसी समूहका सदस्य सहभागी रहेका थिए।
प्रतिवेदनअनुसार परियोजनाले किसानको खाद्य तथा पोषण अवस्था सुधार, आयआर्जन वृद्धि, जलवायु परिवर्तन अनुकूलन र विपद् जोखिम व्यवस्थापन क्षमता विकासमा उल्लेखनीय योगदान पुर्‍याएको छ। साना किसान, भूमिहीन, मुक्त कमैया, हलिया, दलित, थारु तथा बाढी प्रभावित किसानलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिएको अधिकृत पौडेलले बताए।
परियोजनाअन्तर्गत किसानलाई तालिम, जलवायु अनुकूलन सामग्री वितरण, घर–विद्यालय बगैँचा निर्माण, गोठ सुधार, पशुपालन, पशु बीमा, उद्यमशील विकास तालिम, जैविक तटबन्ध निर्माण, बहुउद्देश्यीय नर्सरी, सौर्य ऊर्जा जडान तथा कृषि मेला सञ्चालन गरिएको थियो। यी प्रयासपछि किसानहरू निर्वाहमुखी कृषिबाट व्यवसायिक कृषितर्फ उन्मुख भएको पौडेलले बताए।
परियोजनाका सामाजिक परीक्षक धिरेन्द्र सिनालले किसानमा ज्ञान, सीप र प्रविधिको पहुँच बढेकाले जीवनशैलीमै सुधार आएको बताए। “पहिले चाडपर्व कुर्ने किसान अहिले नियमित रूपमा पोषिलो खाना उपभोग गर्न थालेका छन्,” उनले भने। साथै उनले बाली बीमा कार्यक्रमलाई थप प्रभावकारी रूपमा लागू गर्न सुझाव दिएका छन्।
परियोजना संयोजक ईन्देश्वर मण्डलले जलवायु अनुकूलन कार्यक्रममार्फत किसानलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित घर तथा विद्यालयमा रैथाने बाली, तरकारी र फलफूल खेती प्रवर्द्धन गरिएको बताए। उनले सिकाइ र उपकरणको स्वामित्व अब स्थानीय सरकारले ग्रहण गर्नुपर्नेमा जोड दिए।
कृष्णपुर नगरपालिका उपप्रमुख द्रोपती रानाले सक्षम परियोजनापछि नगरका किसान आत्मनिर्भरतातर्फ उन्मुख भएको बताउँदै प्राप्त उपलब्धिलाई आगामी वर्षको नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता जनाइन्। उनले किसानमुखी कार्यक्रमलाई अझ विस्तार गर्न आग्रहसमेत गरिन्।
आइतबार आयोजित सामाजिक परीक्षण तथा परियोजना हस्तान्तरण कार्यक्रममा परियोजनामा संलग्न कर्मचारी र संस्थालाई प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन कृष्णपुर नगरपालिकाका सूचना अधिकारी प्रेमबहादुर बोगटीले गरेका थिए भने जनप्रतिनिधि, किसान र सरोकारवाला निकायको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज