कञ्चनपुर उद्योग वाणिज्य संघको निर्वाचनमा सरिता भण्डारी एक्ली महिला उम्मेदवार, महिला प्रतिनिधित्वका लागि बलियो आवाज

प्रकाशित:

messenger sharing button
whatsapp sharing button
twitter sharing button

कंचनपुर-

कञ्चनपुर उद्योग वाणिज्य संघको १८औँ कार्यकारिणी समितिका लागि आउँदो शनिबार (१९ पुस) हुने निर्वाचनमा जिल्लाकी एक मात्र महिला उद्यमी सरिता भण्डारी (सिंह) चुनावी मैदानमा उत्रिएकी छन्। महेन्द्रनगरस्थित डालिमा सपिङकी सञ्चालिका सरिता संघको खुला सदस्य पदमा उम्मेदवार बनेकी हुन्।

संघका ६ जना पदाधिकारी सर्वसम्मत भएसँगै महासचिवका लागि चर्चामा रहेकी निर्मला भट्टले उम्मेदवारी नदिएको र खुला सदस्यमा उम्मेदवारी दर्ता गराएकी अर्की महिला उद्यमी पार्वती विष्टले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सरिता एक्ली महिला उम्मेदवार बनेकी हुन्। यससँगै संघको निर्वाचनमा महिला प्रतिनिधित्वको विषय थप चर्चामा आएको  छ 
  • १७ वर्षदेखि निरन्तर व्यवसायमा सक्रिय सरिता हाल मतदाता भेटघाटमा व्यस्त छिन्। उनी संघभित्र महिला सहभागिता र नेतृत्वको आवश्यकता औँल्याउँदै मत मागिरहेकी छन्। कोषाध्यक्षसहित सदस्य पदमा सहमति जुट्न नसकेपछि निर्वाचनमा होमिएकी सरिताले महिला उद्यमीको प्रवर्द्धन, संघको संस्थागत सुदृढीकरण र समावेशी नेतृत्वमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
    ‘म सबैको सहयोग पाउनेमा आशावादी छु,’ सरिताले भनिन्, ‘संघमा महिला सहभागिता अनिवार्य छ भन्ने विषयमा मतदाता पनि जागरुक देखिनु भएको छ।’ पहिलोपटक संघको नेतृत्वमा पुग्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएकी उनले व्यापार–उद्योग क्षेत्रमा महिलाको आकर्षण बढाउँदै स्वदेशमै सम्भावना खोज्नुपर्नेमा जोड दिइन्।

ताजा समाचार

सम्बन्धित समाचार