×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

पदक पायौँ, शिल्ड खोइ?’—उसु खेलाडीको आवाज बेवास्ता, राष्ट्रपति रनिङ शिल्ड छनोटमा विवाद

कंचनपुर
महेन्द्रनगर । भीमदत्त नगरपालिकाद्वारा आयोजित नगरस्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता तथा दोस्रो आधारभूत विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत उसु विधामा पदक गणनालाई लिएर विवाद चुलिएको छ।
प्रतियोगितामा बैजनाथ माध्यमिक विद्यालयले उसु विधामा सबैभन्दा बढी पदक जिते पनि ती पदकहरू पदक तालिकामा समावेश नगरिएको भन्दै विद्यालय पक्षले आपत्ति जनाएको छ। सचिवालयले प्रतिस्पर्धा पर्याप्त नभएको कारण देखाउँदै उसुका पदक गणना नहुने जनाएको छ, जसपछि विवाद सार्वजनिक भएको हो।
गत वर्ष १५ औँ राष्ट्रपति रनिङ शिल्डमा पनि बैजनाथ माविले सबैभन्दा बढी पदक जितेर शिल्ड पाएको थियो। तर प्रतिस्पर्धी विद्यालय नहुँदा विवाद उत्पन्न भएपछि छ महिनापछि शिल्ड फिर्ता गरिएको थियो। यस वर्ष भने उसुमा ६ विद्यालय सहभागी रहेको विद्यालय पक्षको दाबी छ।
बैजनाथ माविले यस वर्ष उसुमा ९ स्वर्ण र ३ रजत पदक जितेको छ। अन्य विद्यालयहरूमा इन्टरनेशनल पब्लिक स्कुलले २ स्वर्ण, ८ रजत र १ कास्य, महेन्द्रनगर माध्यमिक विद्यालयले १ स्वर्ण र २ कास्य, लिटिल बुद्ध एकेडेमीले १ कास्य तथा वेष्टर्न पब्लिक एकेडेमीले १ कास्य पदक जितेका छन्।
सचिवालयले उसुका पदक व्यक्तिगत रूपमा खेलाडीलाई दिइने तर पदक तालिकामा गणना नहुने निर्णय गरेपछि बैजनाथ माविका व्यवस्थापन समिति अध्यक्ष गणेश खत्री, पीटीए अध्यक्ष नवराज भट्ट र प्रधानाध्यापक नरेन्द्रराज जोशीसहितको टोली सचिवालय पुगेको थियो।
विद्यालय अध्यक्ष खत्रीले प्रतिस्पर्धा भएको अवस्थामा पदक गणना हुनु पर्ने बताए।
“गत वर्ष प्रतिस्पर्धी नहुँदा हामीले शिल्ड फिर्ता गरेका थियौँ, तर यस वर्ष ६ विद्यालय सहभागी छन्, त्यसैले पदक गणना हुनैपर्छ,” उनले भने।
पीटीए अध्यक्ष भट्टले पदक तालिकामा समावेश नगरी सामाजिक सञ्जालमार्फत सूचना सार्वजनिक गर्नु शंकास्पद भएको बताए।
“पहिला तालिकामा राख्नुपर्ने थियो, उजुरी भए त्यसपछि छानबिन हुनुपर्थ्यो,” उनले भने।
उसु प्रशिक्षक प्रेमबहादुर बिकेले निर्देशिकाअनुसार कम्तीमा ३ विद्यालय सहभागी भए पदक गणना गर्न मिल्ने बताए। खेलाडी रोशन चन्दले प्रतिस्पर्धा भएको अवस्थामा शिल्ड पाउनु आफ्नो हक भएको प्रतिक्रिया दिए।
यता प्रतियोगिता सचिवालय सदस्य दिवाकर जोशीले प्रत्येक इभेन्टमा पोजिसन होल्डर प्रतिस्पर्धी नहुँदा अन्तर्राष्ट्रिय नियमअनुसार पदक गणना नहुने दाबी गरे।
विवाद समाधानका लागि निर्णायक समिति, जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि तथा नगर खेलकुद विकास समितिका अध्यक्ष शरद चन्दसहित छलफल भएको छ। चन्दका अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई जानकारी गराइसकिएको छ र त्यहाँबाट आउने निर्णयअनुसार अगाडि बढाइनेछ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज