×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

सानैदेखि व्यवसायमा हुर्किएका पाल, संघको कोषाध्यक्ष पदका प्रत्यासी

कञ्चनपुर ।

सानै उमेरदेखि व्यापार–व्यवसायमा आबद्ध हुँदै आएका बेदकोट नगरपालिका–९ सुन्दरपुरका प्रदिप पाल हाल संघको कोषाध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका छन्। उनी संघको १७औँ कार्य समिति निर्वाचनबाट सदस्य निर्वाचित भइसकेका व्यक्ति हुन्।
२०७४ सालमा संघको सदस्यता लिएका पाल प्रदिप ट्रेडर्सका सञ्चालक समेत हुन्। कार्य समिति सदस्यको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेपछि उनले अब संघको आर्थिक नेतृत्व सम्हाल्ने लक्ष्यसहित कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
पालको व्यवसायिक यात्रा बाल्यकालमै सुरु भएको हो। उनका बुवा मान सिंह पालको तत्कालीन रौतेली बिचवा गाविसको अण्डैया पटैयामा चिया तथा किराना पसल थियो। पालको जन्म पनि सोही स्थानमा भएको हो।
“बुवाको चिया र किराना पसल गाउँमै थियो, म त्यहीँबाट व्यवसायमा जोडिएको हुँ। १० वर्षको उमेरमै चिया बेच्न थालेको थिएँ,” पाल भन्छन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष) विस्तारका क्रममा पाल परिवार विस्थापित भएर बेदकोट पुगेको थियो। विस्थापनपछि पनि परिवारले अझैसम्म जग्गा सट्टाभर्ना नपाएको पाल बताउँछन्। आफू आरक्ष पीडित भएको उनको भनाइ छ।
विस्थापन हुनुअघि नै अध्ययनका लागि महेन्द्रनगर आएका पालले कक्षा ६ देखि भीमदत्त नगरपालिका–१२ स्थित पूर्णा माध्यमिक विद्यालयमा अध्ययन गरेका थिए।
व्यवसायसँगै पाल विभिन्न सामाजिक संघ–संस्थामा समेत सक्रिय छन्। उनले नेपाली उत्पादनलाई भारतसम्म बजारीकरण गर्न महत्वपूर्ण योगदान पुर्‍याएका छन्। विशेषगरी डोटीको बीपी नगरपालिकामा उत्पादन हुने अदुवालाई भारतीय बजारसम्म पुर्‍याएर बजारीकरण गरेको उदाहरण उनले प्रस्तुत गरेका छन्।
“नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सके देशको आर्थिक समृद्धि सम्भव छ,” पालको विश्वास छ।
सानैदेखि संघर्ष, विस्थापनको पीडा र निरन्तर मेहनतबाट अघि बढेका पाल अहिले संघको आर्थिक नेतृत्व सम्हाल्ने लक्ष्यसहित अघि बढेका छन्। उनका अनुभव र व्यवसायिक दृष्टिकोणले संघलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज