×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

नेपाल डेरी एसोसिएसन सुदूरपश्चिमको छैठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सुरु

महेन्द्रनगर (कञ्चनपुर) — नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशको छैठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन मिति २०८२ साल पौष १९ गते धनगढीमा सुरु भयको छ

यस अधिवेशनबाट सुदूरपश्चिम प्रदेश कार्य समितिले नया नेतृत्व चयन गर्नेछ।  कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशका अध्यक्ष भूपेन्द्र थापाले गर्नुभयो।  उक्त  अवसरमा अध्यक्ष थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सुदूरपश्चिममा दुग्ध क्षेत्रका चुनौती र सम्भावनाबारे आफ्ना धारणा  चर्चा गर्नु  यसैगरी

उद्घाटन सत्रका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सामाजिक विकास समितिका सभापति माननीय धर्मराज पाठकले दुग्ध उद्योगलाई धुवाँरहित उद्योगका रूपमा विकास गर्न जोड  दिनु भयोको छ   उपलब्ध आर्थिक स्रोतको समुचित सदुपयोग आवश्यक रहेको उल्लेख गर्दै पाउडर प्लान्ट सञ्चालन अघि स्पष्ट मोडालिटी तय गर्नुपर्ने बयाउनु भयको छ

कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष कर्णबहादुर हमालले सुदूरपश्चिम प्रदेशमा दुग्ध पाउडर प्लान्ट सञ्चालनका लागि ठोस पहल आवश्यक रहेको बताउनुभयो डेरी एसोसिएसनका केन्द्रीय सदस्य प्रेमप्रकाश पाठकले सरकारले दुग्धको कन्भर्जन लागतमा अनुदान दिनुपर्ने मा जोड  दिनु भयो। उहाँले नेपाली दुग्ध उत्पादन गुणस्तरीय र शुद्ध भए पनि किसानले उचित मूल्य नपाएको गुनासो गर्नुभयो।

विशिष्ट अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शंकर साहले दुग्ध क्षेत्र ग्रामीण रोजगारीको प्रमुख आधार भएको बताउनुभयो। उहाँका अनुसार दुग्ध क्षेत्रमार्फत करिब १.५ करोड रुपैयाँ बराबरको आर्थिक प्रवाह सहरबाट ग्रामीण क्षेत्रमा भइरहेको छ। उहाँले उत्पादन लागत घटाउन, व्यवस्थित बजारीकरण गर्न र मूल्य श्रृंखला सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा दीर्घ सेवा सम्मान अन्तर्गत ३० वर्ष लामो सेवा योगदानका लागि डा. बसन्तबहादुर सिंहलाई सम्मान गरिएको थियो।

अधिवेशनले सुदूरपश्चिम प्रदेशमा दुग्ध क्षेत्रको दिगो विकास, किसानको आय वृद्धि र उद्योगको विस्तारका विषयमा साझा प्रतिबद्धता व्यक्त गर्दै आज नया नेतृत्व चयन गर्ने आयोजकले जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज