कंचनपुर
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल (एन–प्याब्सन) सुदूरपश्चिम प्रदेशको प्रदेश अधिवेशन सुरु भएको छ। कैलाली र कञ्चनपुर जिल्लाका निजी तथा आवासीय विद्यालयका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ।

अधिवेशनको अध्यक्षता एन–प्याब्सन सुदूरपश्चिम प्रदेश अध्यक्ष वीरबहादुर चन्दले गरेका थिए भने प्रमुख अतिथिका रूपमा एन–प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपाने सहभागी रहेका छन्। कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्याम सिंह मौनी, केन्द्रीय उपाध्यक्ष खनाल, केन्द्रीय सचिव डीडी अवस्थी, पूर्व केन्द्रीय सदस्य प्रजापति नेगी, कैलाली जिल्ला अध्यक्ष ललित साउँद तथा कञ्चनपुर जिल्ला अध्यक्ष सतिश बहादुर चन्दलगायतको उपस्थिति रहेको थियो।

शुभकामना मन्तव्यका कैलालीका अध्यक्ष ललित साउँदले निजी विद्यालयले सहयोग गरेका केही विद्यार्थी संगठनहरू नै पछिल्लो समय निजी विद्यालयविरुद्ध उत्रिन थालेकोप्रति ध्यानाकर्षण गराए। उनले सहयोग माग्ने समयमा निजी विद्यालय आवश्यक ठान्ने तर पछि त्यही विद्यालयविरुद्ध विज्ञप्ति निकाल्ने प्रवृत्तिबारे निजी विद्यालय क्षेत्रले गम्भीर रूपमा सोच्नुपर्ने Software औँल्याए।

अधिवेशनले निजी तथा आवासीय विद्यालयहरूको हकहित संरक्षण, संस्थागत सुदृढीकरण तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।