(कञ्चनपुर)
नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशको छैठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन २०८२ साल पौष १९ गते धनगढीमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको छ।
अधिवेशनबाट भूपेन्द्र थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। उपाध्यक्षमा रामबहादुर कुँवर, सचिवमा हर्कबहादुर चन्द, सहसचिवमा डम्बरबहादुर चन्द, कोषाध्यक्षमा बिमला देवी सिंह र सह–कोषाध्यक्षमा गणेश विष्ट चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा इन्द्रप्रसाद देवकोटा, डम्मरा दियाकोटी, भागरथी कार्की, ओमप्रसाद पौडेल र धर्मेन्द्र गुप्ता चयन भएका छन्अधिवेशनमा सहभागी वक्ताहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सुदूरपश्चिम प्रदेशमा दुग्ध क्षेत्रको संस्थागत विकास, किसानको हित संरक्षण तथा डेरी उद्योग विस्तारमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
अधिवेशनले दुग्ध उत्पादन, प्रशोधन, बजारीकरण तथा मूल्य स्थायित्वलाई प्राथमिकतामा राख्दै प्रदेशस्तरमा सम्बन्धित निकायबीच समन्वय र सहकार्य बढाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।