निङ्गलासैनी दुधकुण्ड माघ स्नानका लागि महत्वपूर्ण धार्मिक तीर्थस्थल

प्रकाशित:

कंचनपुर
बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–१ मा अवस्थित निङ्गलासैनी दुधकुण्ड माघ स्नानका लागि एक महत्वपूर्ण धार्मिक तीर्थस्थलका रूपमा परिचित हुँदै आएको छ। प्रत्येक वर्ष माघ महिनामा यहाँ स्नान गर्न श्रद्धालुहरूको उल्लेख्य भीड लाग्ने गर्दछ।


धार्मिक विश्वासअनुसार माघ महिनामा निङ्गलासैनी दुधकुण्डमा स्नान गरेमा पाप नाश हुने र मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ। यही विश्वासका कारण आसपासका क्षेत्र मात्र नभई टाढाटाढाबाट समेत भक्तजनहरू यहाँ आउने गरेका छन्।
स्थानीय बासिन्दाहरूका अनुसार दुधकुण्ड क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण हुनुका साथै धार्मिक र सांस्कृतिक महत्व बोकेको स्थान हो। माघ स्नानको अवसरमा यहाँ विशेष पूजा, आराधना तथा विभिन्न धार्मिक कार्यक्रमसमेत आयोजना गरिन्छ।धार्मिक पर्यटनको उच्च सम्भावना बोकेको यस क्षेत्रको संरक्षण, प्रवर्द्धन तथा आवश्यक पूर्वाधार विकासमा स्थानीय तहले विशेष ध्यान दिनुपर्ने माग स्थानीयवासीहरूले गर्दै आएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार