×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

संरक्षण अभावमा बैतडीको कुल्लेककोट दरबारका ऐतिहासिक शिलालेख र मूर्ति जोखिममा

कंचनपुर

बैतडी  कुनै समय सामाजिक न्याय र अन्याय छुट्याउने ऐतिहासिक थलोका रूपमा परिचित बैतडीको कुल्लेककोट दरबार संरक्षणको अभावमा ओझेलमा परेको छ। संरक्षण नहुँदा यहाँ रहेका बहुमूल्य ऐतिहासिक शिलालेख र पुरातात्विक मूर्तिहरू डाँडामा अलपत्र अवस्थामा छन् भने दरबार संरचना भत्किँदै ढुङ्गा छरपस्ट भएका छन्। नजिकै रहेको ऐतिहासिक कुवा समेत पुरिन थालेको छ।


दशरथचन्द नगरपालिका–४, देवलहाट नजिकैको अग्लो डाँडामा अवस्थित कुल्लेककोट दरबार बाह्रौँ शताब्दीअघि निर्माण भएको अभिलेखीय प्रमाणहरू फेला परेका छन्। तर समयमै संरक्षण नहुँदा दरबार क्षेत्रका ऐतिहासिक महत्व बोकेका संरचना र वस्तुहरू जोखिममा पर्दै गएका छन्।


कुल्लेककोटबाट दक्षिणतर्फ ग्वाल्लेक धुरा नामक अग्लो डाँडामा रहेको ‘धज्या ढुङ्गा’ पनि ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। स्थानीयवासीका अनुसार तत्कालीन समयमा गाउँमा आक्रमण हुन लाग्दा यही धज्या ढुङ्गाबाट कुल्लेककोट दरबारमा स्थानीय भाषामा ‘धदिउन्या’ अर्थात् चर्को स्वर निकालेर सूचना दिने चलन थियो।


स्थानीय हरिदत्त जोशीका अनुसार ग्वाल्लेक क्षेत्रमा अहिले पनि धज्या ढुङ्गालाई अन्यायका बेला बोल्ने ढुङ्गाका रूपमा पूजा गर्ने परम्परा जीवितै छ। उहाँले ग्वाल्लेकको धज्या ढुङ्गा र कुल्लेककोट दरबारबीच ऐतिहासिक सम्बन्ध पुष्टि गर्ने थुप्रै तथ्य र प्रमाण रहेकाले शिलालेख र पुरातात्विक मूर्तिहरूको संरक्षण अत्यावश्यक रहेको बताउनुभयो।


उता, स्थानीय धार्मिक तथा समाजसेवी युवा उद्धव मार्कण्डले कुल्लेककोटमा रहेका ऐतिहासिक मूर्तिहरू चोरी हुन सक्ने गम्भीर खतरा रहेको औँल्याउनुभयो। “अहिले स्थानीयले सकेसम्म रेखदेख गरिरहेका छन्, तर यस्ता ऐतिहासिक सम्पदाको संरक्षण राज्यले नै गर्नुपर्छ,” उहाँले भन्नुभयो।


स्थानीयवासीहरूले कुल्लेककोट दरबार, ग्वाल्लेकको धज्या ढुङ्गा र आसपासका ऐतिहासिक संरचनाको वैज्ञानिक संरक्षण गरी भावी पुस्ताका लागि जोगाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज