×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

कञ्चनपुर–३ मा रास्वपाको परिवर्तनको सन्देश: ज्ञानेन्द्र सिंह महता प्रतिनिधि सभा उम्मेदवार सर्वसम्मत

कंचनपुर
कञ्चनपुर । दशकौँदेखि सत्तामा रहे पनि जनताको जीवनस्तर बदल्न नसकेको पुरानो राजनीतिक प्रवृत्तिविरुद्ध निर्णायक विकल्प प्रस्तुत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कञ्चनपुर क्षेत्र नम्बर ३ बाट ज्ञानेन्द्र सिंह महतालाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ।
कञ्चनपुरस्थित पार्टी कार्यालयमा निर्वाचन क्षेत्र नम्बर ३ समिति सभापति कर्णबहादुर चन्दको सभापतित्वमा बसेको निर्वाचन क्षेत्र समिति, पालिका सभापति तथा केन्द्रीय नेताहरूको संयुक्त बैठकले कुनै मतभेदबिना महतालाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
पार्टी संगठन निर्माणदेखि नीति निर्माणसम्म सक्रिय र प्रभावकारी भूमिका खेलेका महता सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा पारदर्शी, उत्तरदायी र जनमुखी नीति आवश्यक रहेको विषयमा निरन्तर बहस गर्दै आएका नेता हुन्। यही अनुभव, सामाजिक प्रतिबद्धता र जनसरोकारप्रतिको निष्ठाका आधारमा पार्टीले कञ्चनपुर–३ मा परिवर्तन, सुशासन र जवाफदेही राजनीतिको बलियो उम्मेदवारका रूपमा महतालाई अघि सारेको जनाएको छ।

Oplus_131072

सुदूरपश्चिम प्रदेशका पूर्व इन्चार्ज तथा विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागका केन्द्रीय सचिव महता सधैँ जनताको बीचमा उभिने र जनताको आवाज बुलन्द रूपमा उठाउने स्पष्ट वक्ताका रूपमा परिचित छन्। लामो समयदेखि सञ्चार र सामाजिक अभियानमार्फत राज्यले बेवास्ता गर्दै आएको सुदूरपश्चिमको आवाज राष्ट्रिय बहसको केन्द्रमा पुर्‍याउँदै आएका उनी जवाफदेही शासन, पारदर्शी नीति र प्रविधिमैत्री राज्यका प्रखर पक्षधर मानिन्छन्।
शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, नागरिक अधिकार र सामाजिक न्यायका क्षेत्रमा महताले बोलेका मात्र होइन, व्यवहारमै काम गरेर देखाएको स्थानीयहरूको भनाइ छ। “संकटका बेला क्यामेरा खोज्ने होइन, पीडित खोज्ने नेतृत्व चाहिन्छ” भन्ने उनको आचरणले राजनीतिलाई सेवासँग जोडेको उनीहरू बताउँछन्। युवालाई अवसर, सीप र भविष्यसँग जोड्न नसक्ने वर्तमान राज्यप्रणाली असफल भएको ठहर गर्दै महताले पुस्तान्तरणसँगै प्रणालीगत सुधारको एजेन्डा अघि सारेका छन्।
रास्वपाले महताको उम्मेदवारीलाई पुरानो शक्ति–केन्द्रित राजनीति, भ्रष्टाचारप्रतिको मौन सहमति र चुनावपछि हराउने प्रतिनिधित्वमाथिको सीधा चुनौतीका रूपमा व्याख्या गरेको छ। पार्टीका अनुसार कञ्चनपुर–३ मा अब ‘कसको पालो’ होइन, ‘कस्तो राजनीति’ भन्ने प्रश्न केन्द्रमा आएको छ।
उम्मेदवार सिफारिसपछि महताले भने, “यो चुनाव केवल सांसद छान्ने प्रक्रिया होइन, सन्ततिका भविष्य छान्ने निर्णय हो। डर, दबाब र पुराना भ्रम तोड्ने हिम्मत गरौँ। यदि तपाईं संसदमा आफ्नो आवाज चाहनुहुन्छ र तपाईंले तिरेको करको पैसा तपाईंको जीवन बदल्न प्रयोग भएको देख्न चाहनुहुन्छ भने परिवर्तनको पक्षमा उभिनुहोस्। म सत्ताको प्रतिनिधि बन्न होइन, तपाईंहरूको प्रतिनिधि बन्न मैदानमा उत्रिएको हुँ।”
सञ्चार क्षेत्रमा रहँदा भ्रष्टाचार, विकृति, विसंगति, अन्याय र अत्याचारविरुद्ध निर्भीक रूपमा कलम चलाएका महता निडर र स्वाभिमानी पत्रकारका रूपमा समेत परिचित छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले कञ्चनपुर–३ का सचेत नागरिकलाई यस निर्वाचनलाई मौन असन्तुष्टिको होइन, स्पष्ट परिवर्तनको जनमत बनाउने अवसरका रूपमा लिन आह्वान गरेको छ

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज