कंचनपुर
बाजुरामा बस्दै आएकी बुदीदेबी लुहार केही महिनाअघि भारतमा चौकीदारी गर्दै आएका आफ्ना श्रीमान खड्केको निधनपछि शोकमा डुबेकी थिइन्। श्रीमानको निधनपछि गाउँमा बस्न कठिन भएपछि उनी मंसिर २० गते महेन्द्रनगर आएर आफ्ना छोराहरूसँग बस्न थालेकी हुन्।
भारतको दिल्लीमा रहेका श्रीमानको निधन कसरी भयो भन्नेबारे उनलाई अहिलेसम्म कुनै जानकारी छैन। निधनको खबर आउनु केही समयअघि मात्र श्रीमानसँग मोबाइलमा कुराकानी भएको र छोराहरूको खर्च पठाइदिन आग्रह गरेकी उनले बताइन्। खड्केले खर्च पठाएपछि केही समयमै निधनको खबर आएपछि आफू छाँगाबाट खसेझैँ भएको बुदीदेबीको भनाइ छ। निधनको कारण थाहा नपाउँदा मन बुझाउन नसकेको उनले बताइन्।

पति वियोगको पीडाले मन थाम्न नसकेपछि गाउँ छाडेर महेन्द्रनगर आएकी बुदीदेबीलाई फेरि अर्को बज्रपात पर्यो। उनका छोरा रमित अचानक हराएपछि उनी थप तनावमा परेकी छन्। श्रीमानको सम्झनाले अझै आँशु झारिरहेकी बुदीदेबीले बिहीबार छोरा हराएको जानकारी दिँदा समेत श्रीमान सम्झँदै भावुक भइन्।

“श्रीमान गुमाएँ, अब छोरा पनि हरायो,” भन्दै उनले आफू समेत हराउने डर लागेको बताइन्। घरमा देवरानी–जेठानीको सहारा नभएपछि छोराहरूसँग बस्न आएको उनको भनाइ छ।
रमितको खोजीका लागि बुदीदेबीका जेठा छोरा मनोज लुहार ले प्रहरी कार्यालयमा निवेदन दिएका छन्। प्रहरीले खोजी गर्ने आश्वासन दिएको भए पनि अहिलेसम्म कुनै पत्तो नलागेको मनोजले बताए।
“प्रहरीले खोजी गर्छु भनेको छ, तर अहिलेसम्म केही जानकारी आएको छैन। म आफैं पनि खोजी गरिरहेको छु,” उनले भने।
पति र छोराको वियोगले बुदीदेबी लुहार गहिरो मानसिक पीडामा परेकी छन्।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।