×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

बेदकोटमा महिलालाई आत्मनिर्भर बनाउने डल कुसुम तालिम सम्पन्न

कंचनपुर
बेदकोट नगरपालिकामा महिलाको आयआर्जन र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको डल कुसुम तालिम सफलतापूर्वक सम्पन्न भएको छ। बेदकोट नगरपालिकाका १० वडाबाट सहभागी २२ जना महिलालाई लक्षित गरी उक्त तालिम आयोजना गरिएको हो। तालिम समापन कार्यक्रममा बोल्दै बेदकोट नगरपालिकाका नगरप्रमुख तथा कार्यक्रमका सभाध्यक्ष भोजराज बोहराले महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। छोटो समयको तालिम भए पनि सहभागीहरूले राम्रोसँग सिप सिकेको र सिकेका सीपलाई व्यवहारमा उतार्दै बजारसम्म बिक्री गर्न सक्ने क्षमताको विकास भएको उहाँको भनाइ थियो। महिलाहरू आत्मनिर्भर हुँदा समाजमा सम्मान र इज्जत बढ्ने उल्लेख गर्दै उहाँले आत्मनिर्भर महिलाले आफ्नो घरव्यवहार आफैँ चलाउन सक्ने बताउनुभयो। साथै, आगामी दिनमा थप तालिमको व्यवस्था गरिने पनि जानकारी दिनुभयो।


यसैगरी बेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले  महिलाहरू पनि आत्मनिर्भर भएर अघि बढ्नुपर्ने बताउनुभयो। छोटो अवधिमै सहभागीहरूले उत्कृष्ट रूपमा सिप सिकेको र तयार गरेका डलहरू अत्यन्त आकर्षक रहेको उहाँको भनाइ थियो। सिकेको सिपलाई व्यवहारमा उतार्न उहाँले सहभागीहरूलाई प्रेरणा दिनुभयो।
गरिबी निवारणका लागि उद्धमशीलता विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको भन्दै उद्धर लघु उद्यम विकास कार्यक्रमका शाखा प्रमुख अमर महराले छोटो समयमा धेरै कुरा सिक्न कठिन भए पनि सिकेको सिपलाई व्यवहारमा उतार्न र आगामी चरणमा एडभान्स तालिममार्फत महिलाहरूलाई थप सशक्त बनाइने बताउनुभयो।
कार्यक्रमका प्रशिक्षक अञ्चली चन्दका अनुसार तालिमको अवधि छोटो भएकाले सबै कुरा सिकाउन कठिन भए पनि सहभागीहरूले उत्साहका साथ धेरै कुरा सिक्न सफल भएका छन्। यस्ता तालिम कम्तीमा एक महिनासम्म सञ्चालन भए अझ प्रभावकारी हुने उहाँको भनाइ थियो।
कार्यक्रमको सञ्चालन बेदकोट नगरपालिकाका सहजकर्ता कुशम भट्टले गर्नुभएको थियो। सहभागी महिलाहरूले पनि तालिम उपयोगी रहेको बताउँदै समय छोटो भए पनि धेरै कुरा सिक्न पाएको र आगामी दिनमा यस्ता कार्यक्रमको अवधि बढाउनुपर्ने सुझाव दिएका छन्।
उक्त तालिमले महिलाहरूलाई सिप, आत्मविश्वास र आत्मनिर्भरताको दिशामा अघि बढ्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज