कंचनपुर
वेदकोट नगरपालिकाको आयोजनामा सम्पन्न नगरस्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ भव्य र सभ्य वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतियोगितावेदकोट नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यता तथा नगर खेलकुद विकास समिति अध्यक्ष प्रजापति भट्टको सभापतित्वमा सम्पन्न भएको हो।

प्रतियोगितामा विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै श्री बैजनाथ माध्यमिक विद्यालय, जडेपानीले समग्र उपाधि जित्दै विजेता बन्न सफल भएको छ। प्रतियोगिताले नगरभित्रका विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि, अनुशासन र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकको भनाइ छ।

सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।