×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

ऋण कागजातमै फरक रकम देखाएर एनएमबी बैंकद्वारा घर लिलाम, अजय बिक न्यायको खोजीमा

कंचनपुर
महेन्द्रनगर – एनएमबी बैंकले शुक्लाफाँटा नगरपालिका–१० का अजय बिकको घर लिलाम गरेको प्रकरणमा ऋण स्वीकृत पत्र र मालपोत तथा भूमि सुधार कार्यालयमा धितो रोक्का गर्दा पेश गरिएका कागजातमा फरक–फरक रकम उल्लेख गरिएको तथ्य खुलेको छ।  बैंकले २०७५ कार्तिक २० गते अजय बिकलाई उपलब्ध गराएको कर्जा सुविधा प्रस्ताव पत्रमा आवास कर्जा शीर्षकमा २९ लाख ५० हजार रुपैयाँ ऋण दिएको उल्लेख छ। तर सोही दिन मालपोत तथा भूमि सुधार कार्यालयमा बिककी श्रीमती ज्ञानु विकको नाममा रहेको जग्गा धितो राखी तयार गरिएको दृष्टिबन्धक लिखतमा भने ३७ लाख रुपैयाँ ऋण लिएको देखाइएको छ।उक्त कर्जा प्रस्ताव एनएमबी बैंकको तत्कालीन कञ्चन डेभलपमेन्ट बैंक, झलारी शाखाबाट दिइएको हो। बैंकले ऋण सुविधा प्रस्ताव गरेको दिन नै ज्ञानु विश्वकर्माको नाममा रहेको जग्गा धितो राखी मालपोत कार्यालयमा रोक्का गराएको थियो। ऋण सुविधा पत्र र मालपोतमा पेश कागजातमा उल्लेख रकम फरक हुनु बैंकको नियतमाथि प्रश्न उठाउने आधार बनेको पीडित पक्षको दाबी छ।बैंकले ३७ लाख रुपैयाँ ऋणको सावाँ र ब्याज नतिरेको भन्दै बिकको घर लिलाम गरेको हो। तर बैंक स्टेटमेन्टअनुसार बिकले २०८० असारसम्म नियमित किस्ता बुझाएको देखिन्छ। पैसा तिर्दै गर्दा पनि जबरजस्ती घर लिलाम गरिएको बिकको आरोप छ।लिलामपछि बिकले बैंकसँग कागजात माग्दा सुरुमा सबै कागजात केन्द्रीय कार्यालयमा पठाइसकेको भन्दै दिन आनाकानी गरिएको थियो। कानुनी परामर्शपछि मात्रै बैंकले कागजात उपलब्ध गराएको र ती कागजातमा आफूले नलिएको ऋण रकम उल्लेख गरिएको भेटिएको बिकले बताए।
बिकले झलारीस्थित ६१६ नम्बर कित्तामा बनेको घर १५ वर्षका लागि धितो राखी २०७५ कार्तिक २० गते २९ लाख ५० हजार रुपैयाँ घर कर्जा लिएका थिए। मासिक ३७ हजार ५ सय रुपैयाँ किस्ता तिर्दै २०८० असारसम्म रकम बुझाएको र त्यसपछि पनि बैंक कर्मचारीको आग्रहमा थप रकम बुझाएको उनी बताउँछन्। तर उक्त रकम कुन खातामा जम्मा भयो भन्नेबारे आफू अनविज्ञ रहेको उनको भनाइ छ।
लिलाम प्रक्रिया सुरु भएपछि झलारी शाखामा नगद र चेक लिएर जाँदा बैंकले रकम नबुझी प्रदेश कार्यालय पठाएको र त्यहाँका कर्मचारीले अन्य व्यक्तिसँग कुरा गर्न दबाब दिएको बिकको आरोप छ। पछि आफूले कुरा गर्न अस्वीकार गरेको एक व्यवसायीको परिवारको नाममा धितो लिलाम सकार गरिएको उनको दाबी छ।
डेढ करोड रुपैयाँ मूल्य पर्ने घर ३७ लाख रुपैयाँमै लिलाम गरिएको भन्दै बिक परिवारले बैंकले आफूहरूमाथि अन्याय गरेको आरोप लगाएका छन्। न्यायको माग गर्दै केही दिनअघि जेनजी संघर्ष समितिले एनएमबी बैंकको झलारी शाखामा तालाबन्दीसमेत गरेको थियो।
यता बैंकको झलारी शाखाका कर्मचारीले सबै कागजात केन्द्रीय कार्यालयमा पठाइसकेको बताएका छन् भने महेन्द्रनगरस्थित एनएमबी बैंक कार्यालयका सुशिल बहादुर सिंहले बैंकिङ प्रक्रियाअनुसार नै धितो लिलाम गरिएको दाबी गरेका छन्।
यस विषयमा सीडीओको उपस्थितिमा बैंक र पीडित पक्षबीच ऋण चुक्ता गर्ने र घर फिर्ता गर्ने विषयमा छलफल भएको जनाइएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज