×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

कपडा बैंक साहिलेक, बैतडीमा मानवीय सहयोगको पहल

कन्चन्पुर

बैतडी, साहिलेक —“कपडा हुनेले सहयोग गरौँ, कपडा नहुनेले लगेर जानुहोस्”  भन्ने नारासहित बैतडीको साहिलेक दशरथ चन्द नगरपालीका मा ‘कपडा बैंक’ सञ्चालनमा आएको छ। स्थानीय युवाहरुको पहलमा सुरु गरिएको यो अभियानले समुदायमा सहयोग र सहानुभूतिको राम्रो उदाहरण प्रस्तुत गरेको छ।

 कपडा बैंकको उद्देश्य घरघरमा रहेका प्रयोगयोग्य तर अनुपयोगी कपडाहरू संकलन गरी ती कपडाहरू आवश्यकताअनुसार अभावमा रहेका परिवारहरूलाई निःशुल्क वितरण गर्नु हो।

कपडा बैंकका संयोजकका अनुसार, “हामीले कपडा मात्र बाँडिरहेका छैनौं, एक आपसमा सहयोग गर्ने संस्कृतिलाई विस्तार गर्दैछौं।” उनका अनुसार स्थानीय दाजुभाइ, दिदीबहिनीहरूले पुराना तर सफा कपडाहरू दान गर्दै राम्रो सहभागिता जनाइरहेका छन्।

यो अभियान विशेष गरी जाडो मौसममा असहाय, वृद्ध, बालबालिका तथा विपन्न परिवारका लागि ठूलो राहत बनेको छ। स्थानीय बासिन्दा र सामाजिक अभियन्ताहरूले यस्तो मानवीय कार्यले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।

कपडा बैंक, साहिलेक, बैतडी ले सबै नागरिकलाई आफ्नो तर्फबाट सहयोग गर्न र “साझा हात, साझा सहयोग” को भावना फैलाउन आग्रह गरेको छ।
: जाडोमा न्यानो अभियान (निशुल्क कपडा बैंक) स्थापना गरिएको छ । बैतडीभरिअधिकांश ठाउँमा यो कपडा बैंक स्थापना गरि चिसोमा गरिब र निमुखालाई चिसोबाट जोगाउने एक प्रयास हामिले गरेका छौ आज कपडा बैंक साहिलेले सञ्चालनको तीन वर्ष सफलतापूर्वक पूरा गरेको छ। “हुनेले दिने, नहुनेले लजाउन नपर्ने” भन्ने मूल उद्देश्यका साथ सुरु गरिएको यो अभियान आज यहाँसम्म आइपुग्नु सबैको सामूहिक प्रयासको परिणाम हो।

यस महत्वपूर्ण यात्रामा विभिन्न संघ–संस्था तथा व्यक्तिहरूबाट प्राप्त सहयोग, साथ र विश्वासप्रति । यस कार्यको सञ्चालनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न सबै व्यक्ति, विभिन्न संघ–संस्था तथा सहयोगी दाताहरूलाई हार्दिक धन्यवाद  दिनु भयको छ
कपडा बैंक साहिलेक
सदस्य: उद्धव सिंह मार्कण्ड
दशरथ चन्द नगरपालीका वडा नं ४देवलहाट बैतडी
कपडा बैक साहिलेक संयोजक युवा समाजसेवी मिलनसार धार्मिक व्यक्ति महेश दन्त भट्ट

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीको सक्रियता: फरार प्रतिवादी पक्राउ र ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर, २०८३ साल बैशाख २ – कञ्चनपुर प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण कदम चालेको छ। बहुबिवाह मुद्दामा फरार ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति सक्रिय, सुधारका लागि साझा प्रतिबद्धत

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक ...

महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न, सेवा सुधारमा जोड

कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्...
कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

कञ्चनपुर ट्राफिक प्रहरीलाई मन्त्र हस्पिटलद्वारा जीवनरक्षक (BLS) तालिम प्रदान

(more…)
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता भारी मतका साथ विजयी

महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनि...

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व ह...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा ...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज