कंचनपुर
धनगढी सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचनमा २२० मत खसेको छ। प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार कुल २२४ मतदातामध्ये २२० जनाले मतदान गरेका हुन्।
उनका अनुसार मतदानमा ४९ जना प्रदेशसभा सदस्य र १७१ जना पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष सहभागी भएका थिए। बाँकी ४ मत भने खस्न सकेनन्।
मतदानमा अनुपस्थित रहनेमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाश देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्य खेमा बिष्ट, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र जोशिपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा कठरिया रहेका छन्।

महिलातर्फ एक र अन्य समूहमा एक गरी दुई जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन भइरहेको छ। यसका लागि जम्मा चार जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनतर्फ महिलातर्फ एमालेकी लिलाकुमारी भण्डारी उम्मेदवार रहेकी छन् भने नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रोजी बस्नेत उम्मेदवार बनेकी छन्। अन्य समूहमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपाका टिकाराम जैसी उम्मेदवार छन्।
निर्वाचनको नतिजाले सुदूरपश्चिम प्रदेशको राष्ट्रियसभा प्रतिनिधित्वमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।